तमू (गुरुङ) पत्रकारिता पुरस्कारबाट ६ जना पत्रकार पुरस्कृत 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० पुष २०८१, बुधवार
तमू (गुरुङ) पत्रकारिता पुरस्कारबाट ६ जना पत्रकार पुरस्कृत 

तमू (गुरुङ) पत्रकारिता पुरस्कारबाट ६ जना पत्रकारहरुलाई पुरस्कृत भएका छन । प्रत्येक वर्ष प्रदान गर्दै आएको तमू पत्रकारिता पुरस्कारबाट ५ जना तमु (गुरुङ) पत्रकार र एक जना गैर तमुलाई सम्मान सहित पुरस्कृत गरेको हो । 

बुधबार अनामनगरस्थित तमू बौद्ध सेवा समितिको सभाहलमा सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वि सुब्बा गुरुङले उहाँहरुलाई सम्मानपत्र सहित पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । 
तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले पाँचवटा फरक विधामा स्थापना गरेको पत्रकारिता अक्ष्यकोष बाट ६ जना पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ ।

पुरस्कृत हुनेमा पुर्व प्रधान सेनापति छत्रमान सिं गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट एक जना गुरुङ पत्रकार र एक जना गैरगुरुङ पत्रकार पुरस्कृत हुनुभएको छ । गुरुङबाट चितवनको इच्चाकामना डटकमका सम्पादक देवराज गुरुङ छन भने देश संचारकी फोटोपत्रकार वर्षा शाहलाई नगद राशि रु २० हजार एक रुपैँया सहित पुरस्कृत गरिएको हो । 

यसैगरि सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्सहान पुरस्कारबाट नगद रु दश हजार सहति द काठमाडौँ पोष्टका सम्वाददाता अपेक्षा गुरुङ, तमू ह्युल छों झंधी लोसार मुल आयोजक समिति पत्रकारिता पुरस्कारबाट राज्य टेलिभिजनमा कार्यारत निरु गुरुङ, आदिकवि हर्क बहादुर पत्रकारिता पुरस्कारबाट रेडियो नेपाल गण्डगीमा तमू भाषाको समाचार बाचिका कास्कीकी शिला गुरुङ पुरस्कृत हुनुभएको छ भने लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट धौलागिरी खबरका फोटोपत्रकार गणेश गुरुङ पुरस्कृत हुनुभएको छ । 

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा प्रत्येक वर्ष प्रकाशन गर्नेगरेको गुरुङ न्युज डटकम पुस्तकको १३ औँ संस्करणको समेत लोकार्पण भएको छ । 

कार्यक्रममा सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बाले पुरस्कृतहरुलाई बधाई सहित शुभकामना दिनुहुँदै समाज परिवर्तनका लागि सकरात्मक ढंगले कलम चलाउन आवश्यक भएको बताउनुभयो । उहाँले पछिल्लोसमय नकरात्मक ढंगले सामाजिक संजालको बढ्दो प्रयोगले सृजना गरेको निराशा र साईबर अपराधका सम्बन्धमा सरकारले नियमनका लागि छलफल गरिरहेको बताउनुभयो । 

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राई, पर्यटन व्यवसायी कुल बहादुर गुरुङ, तमू (गुरुङ) सञ्चारकर्मी सघ नेपालका निबर्तमान अध्यक्ष रविन गुरुङलगायतले शुभकामना दिनुभएको थियो । 
 

प्रतिक्रिया