एसईई २०८० मा उत्कृष्ट हुनेलाई नगदसहित सम्मान

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१७ असोज २०८१, बिहिवार
एसईई २०८० मा उत्कृष्ट हुनेलाई नगदसहित सम्मान

माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८० मा जिल्लावाट उत्कृष्ट हुने दुईलाई सम्मान गरेको छ । जिल्लाबाट एसईई परिक्षामा सामेल भएर सर्वोत्कृष्ट अंक ल्याउने भूमेश्वरी माध्यमिक बिद्यालयकी छात्रा नविना भण्डारी र ईश्ट पोइन्ट एकेडेमी गणेश जोतीलाई सम्मान गरिएको हो ।  

सिन्धुपाल्चोकमा जन्मेर अमेरिका बसोवास गर्दै आईरहेकाहरुको संस्था सिन्धु सोसाईटीले राजधानीमा आयोजित एक कार्यक्रमकाबिच नगदसहित सम्मान गरेको हो । जिल्लाबाट परिक्षामा सामेल भएर उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई सम्मान गरेको छ । जनही नगद ५१ हजार रुपैयाँसहित उनीहरुलाई सम्मान गरिएको सोसाईटीका अध्यक्ष सूर्य खड्काले बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठलगायतले बिद्यार्थीलाई सम्मान गर्नुभएको  हो  । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सहआयोजक रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले शैक्षिक सुधारमा सोसाईटीले गरेको कामको प्रशंसा गर्नुभयो ।

सोही कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, होमवहादुर बस्नेत (राजकुमार),नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतलगायतका व्यक्तिले सोसाईटीको शैक्षिक कार्यक्रम उत्कृष्ट रहेको बताउनुभयो । 

२०१० मा स्थापना भएको सिन्धु सोसाईटीले  सुरुवातदेखि नै सिन्धुपाल्चोकका जेहेन्दार तथा अशक्त, असहाय बिद्यार्थीहरुलाई निशुल्क पढाईरहेको छ ।


 

प्रतिक्रिया