त्रिविको समाजशास्त्र विभागीय प्रमुखमा डा. शेर्पालाई नियुक्त गर्ने तयारी 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ भदौ २०८१, शुक्रवार
त्रिविको समाजशास्त्र विभागीय प्रमुखमा डा. शेर्पालाई नियुक्त गर्ने तयारी 

त्रिभूवन विश्वविद्यालयको समाजशास्त्र विभागको प्रमुखमा वरिष्ठताका आधारमा सहप्राध्यापक  डा. पासाङ शेर्पालाई नियुक्ती दिने त्रिभूवन विश्व विद्यालयको कार्यकारी परिषदले तयारी गरेको छ । 

विभागीप  प्रमूख डा. युवराज लुइटेलको कार्यकाल समाप्त भए पछि सो पदमा नियुक्ती सम्बन्धी विवाद देखिएता पनि विश्वविद्यालयको उपकुलपति, रेक्टर र डिन सहितको कार्यकारी परिषदले डा. शेर्पालाई प्रमूखमा नियुक्ती दिने निश्कर्षमा पुगेको हो । 

यस अघि मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन कुसुम शाक्यले दोेस्रो वरीयतामा रहेका टीकाराम गौतमलाई विभागिय प्रमुखमा नियुक्तीका लागि सिफारीस गर्नु भएको भन्दै विवाद जस्तो देखिएको थियो  । तर विश्व विद्यालयको परम्परा र ज्येष्ठतालाई ख्याल गर्दै डा. शेर्पालाई नै नियुक्ती दिने तयारी गरेको स्रोतले बताएको छ । 

समाजशास्त्र विभागमा एक नम्बरमा डा. शेर्पा, दुई नम्बरमा गौतम र तेस्रो नम्बरमा मनहरि ढकाल हुनु हुन्छ । 

‘कार्यविधि अनुसार डा. शेर्पा नै विभागीय प्रमूख हुनु हुन्छ ।’ समाचार स्रोतका अनुसार अहिलेको प्रावधानलाई मिच्नेमा कोही पनि छैनन् । 

केही साता अगाडि मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन कुसुम शाक्यले कार्यविधि मिचेर विभागीय प्रमुखको नाम सिफारिस गरेपछि नियुक्तिमा विवाद देखिएको थियो । 

डिन शाक्यले कार्यकारी परिषद्मा सिफारिस गर्ने बेला गौतमको नाम पहिलो र शेर्पाको नाम दोस्रो नम्बरमा सिफारिस गर्नुभएको थियो । गौतमलाई नियुक्ति गर्नुपर्ने कारणहरू उल्लिखित दुई पृष्ठ लामो सुझावसमेत उहाँले पेस गरेको परिषद्का एक सदस्यले बताउनुभयो । 

‘सिफारिस प्रक्रियामा नै त्रुटि भएपछि कार्यकारी परिषद्ले सच्याउने छ ।  यसलाई सुधार गरेर नियुक्ति हुन्छ ।’  स्रोतले भनेको छ । 

वरीयता मिचेर विभागीय प्रमुख सिफारिस भएपछि प्रगतिशील प्राध्यापक संगठनले समेत डिन शाक्यलाई भेटेर ध्यानार्कषण गराएको छ । शाक्यको कार्यकाल साउन दोस्रो साता नै सकिएको थियो । उहाँलाई उपकुलपति कार्यालयले अर्को व्यवस्था नभएसम्मका लागि कामकाज चलाउने जिम्मेवारी दिएको हो । 

यस्तो बेला मनोमानी निर्णय गर्न नमिल्ने संगठनले जनाएको छ । ‘समाजशास्त्र विभागमा मात्रै होइन । सबैतिर कार्यविधिअनुसार वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्छ भनेका छौं,’ संगठनका महासचिव डा. पदम खतिवडाले भन्नुभयो, ‘ऐन, विधि कार्यान्वयन गर्दा राज्यले सुरक्षा दिनुपर्छ ।’


 

प्रतिक्रिया