स्थायी मञ्चको बैठकमा जाँदा आदिवासी र थारु आयोगका पदाधिकारीको तेह्र लाख खर्च  

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२३ साउन २०८१, बुधवार
स्थायी मञ्चको बैठकमा जाँदा आदिवासी र थारु आयोगका पदाधिकारीको तेह्र लाख खर्च  

संयुक्त राष्ट्रसंघको आदिवासी स्थायी मञ्चको २३ औँ बैठकमा नेपालबाट प्रतिनिधित्व गर्ने आदिवासी आयोग र थारु आयोगका पदाधिकारीको भ्रमण खर्च १३ लाख २५ हजार भएको अर्थ मन्त्रालयले जनाएको छ । 

सो बैठकमा आदिवासी जनजाति आयोगका तर्फबाट  सदस्य डा. मीन श्रीस र थारु आयोगका तर्फबाट सुवोधसिंह थारुको प्रतिनिधित्व रहेको थियो  । यस प्रयोजनका लागि आदिवासी आयोगलाई ६ लाख ६९ हजार र थारु आयोगका लागि ६ लाख ५६ हजार भ्रमण खर्च उपलव्ध गराइएको अर्थमन्त्रालयले जनाएको छ । 

आदिवासी जनजाति आयोगका सचिव नुरहरी खतिवडालगायत भ्रमण दलका अन्य सदस्यको  खर्च सो रकममा जोडिएको छैन ।

सन २०२४ अप्रिल १५ देखि २६ सम्म (वि. सं. २०८१ वैशाख ३ देखि १४) सो बैठक भएको थियो। बैठकमा आदिवासी जनजाति आयोगको सदस्य डा. मीनबहादुर श्रीसले सम्बोधन गर्नू भएको थियो ।  
 

प्रतिक्रिया