काठमाडौँ विश्वविद्यालयसंग तामाङ भाषाको एप निर्माणका लागि योगदान दिने सहमति

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१० साउन २०८१, बिहिवार
काठमाडौँ विश्वविद्यालयसंग तामाङ भाषाको एप निर्माणका लागि योगदान दिने सहमति

तामाङ भाषा सिक्न र सिकाउने एप्लिकेशन सफ्टवेर (एप) निर्माणका लागि काठमाडौ विश्वविद्यालय र इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एण्ड एनालिसिससंग विहिबार दुइपक्षीय समझदारी भएको छ ।

काठमाडौ विश्वविद्यालयका तर्फबाट सह प्राध्यापक डा. वालकृष्ण बलले र इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एण्ड एनालिसिसकातर्फबाट  संयोजक नवराज लामाले एक समारोहका बीच दुइपक्षीय समझदारीमा हस्ताक्षर गर्नू भएको छ ।

हस्ताक्षर समारोहमा काठमाडौ विश्वद्यिालय स्कूल अफ इन्जिनियरिङका डिन प्राडा मनिष पोखरेल, इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एण्ड एनालिसिसका अध्यक्ष पूर्व मन्त्री छक्क बहादुर लामा, भाषाविद् अमृत योञ्जन तामाङ, झलकमान तामाङ सञ्चारकर्मी कुमार यात्रुलगायतको उपस्थिति थियो ।

समझदारी पत्रमा एप निर्माणका लागि स्रोत र साधनको व्यबस्थापन इन्स्टिट्यूट फर सोसियो कल्चरल रिसर्च एण्ड एनालिसिसले गर्ने र विज्ञताको योगदान विश्वविद्यालयले गर्ने उल्लेख छ ।

तामाङ भाषा बोल्न आवश्यक पर्ने आधारभूत शव्द र शव्दको वाक्य सहित तयार गरिने एप हालका लागि देवनागरी र अंग्रेजी लिपीमा तयार हुने छ । कालान्तरमा तामयीग लगायत अन्य लिपीमा पनि विस्तार गरिने कार्यक्रम संयोजक लामाले बताउनु भयो ।

यो एप नेपाली र अंग्रेजीमा रुपान्तरण हुने गरी तयार हुने छ । एपमा  भाषा रुपान्तरणका साथमा सम्झिन सक्ने गरी खेल र चित्रहरु पनि राखिने छ । इन्टरनेटको पहुँच भएकाहरुले यो एप प्रयोग गरी भाषा सिक्न सक्ने र सिकाउन पनि सकिने आयोजकहरुको दावी छ ।

तामाङ भाषा सिक्न खोज्ने भाषाप्रेमीलाई लक्षित गरि बनाईने यो एप्लिकेशन सफ्टवेर हो । कम्प्युटर वा मोवाइलमा सजिलै डाउनलोड गर्न सक्ने यो एपको निर्माण कार्य हाल ६० प्रतिशत सकिएको संयोजक लामाले बताउनु भयो ।

सो एप निर्माणमा भाषाविद् अमृत योञ्जन तामाङले शव्द संग्रह गर्नू भएको छ भने काठमाडौ विश्वविद्यालयका सह प्राध्यापक डा. बालकृष्ण बलले मल्टिमिडिया र आइटीसम्बन्धी विज्ञता प्रयोग गरिरहनु भएको छ ।

समझदारी आदानप्रदान कार्यक्रममा विश्वविद्यालयका डिन पोखरेलले कक्षा कोठा देखि समुदायसम्म सम्पर्क गर्ने सेतु विश्वविद्यालयले खोजीरहेको परिप्रेक्षमा बहुभाषिक देशमा केही योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा  पूर्वमन्त्री लामाले मौखिक प्रणालीमा रहेका आदिवासीका भाषा तथा ज्ञानलाई प्रविधि मार्फत संरक्षण हुने धाराणा राख्नु भयो ।

भाषाविद् अमृत योञ्जन तामाङले पछिल्लो समयमा तामाङ भाषाको संरक्षणका लागि राज्य पक्ष र जनस्तरबाट केही राम्रो काम भएको उल्लेख गर्दे विश्वविद्यालयको विज्ञता र योगदान महत्वपूर्ण हुने बिचार राख्नु भयो ।

विश्वविद्यालयका सह प्राध्यापक बलले  एप निर्माणमा व्रिविद्यालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै अन्य भाषाको प्रबद्धर्नमा पनि विश्वविद्यालयको प्रयास रहने बताउनु भयो ।

 

प्रतिक्रिया