रोजिना लामा

रोजिना लामा विगत एक दशकभन्दा बढी समयदेखि नेपाली टेलिभिजन पत्रकारितामा सक्रिय एक शालीन, अनुभवी र प्रभावशाली सञ्चारकर्मी हुनुहुन्छ। हाल इन्डिजिनियस टेलिभिजनमा कार्यरत उहाँले समसामयिक राजनीति र नीतिगत विषयहरूलाई सन्तुलित र मर्यादित ढङ्गले प्रस्तुत गर्दै आउनुभएको छ।  राजनीतिको अलवा आदिवासी जनजातिका विषयमा विशेष चासो र दक्षता राख्नुहुन्छ ।  राजनीतिक मामिलासँगै सीमान्तकृत आदिवासी जनजातिका पहिचान, भाषा, संस्कृति र अधिकारका सवाललाई मूलधारको बहसमा ल्याउन उहाँको भूमिका उल्लेखनीय छ। तथ्यपरक विश्लेषण, शिष्ट संवाद र गहन खोजमूलक रिपोर्टिङमार्फत आवाजविहीनहरूको आवाज मुखरित गर्दै उहाँले आफूलाई एक उत्तरदायी र प्रेरणादायी पत्रकारका रूपमा स्थापित गर्नुभएको छ।