इन्डिजिनियस टेलिभिजनकर्मी आङदेम्बे पुरस्कृत

Admin
Admin१८ पुष २०७९, सोमवार
इन्डिजिनियस टेलिभिजनकर्मी आङदेम्बे पुरस्कृत

इन्डिजिनियस टेलिभिजनकर्मी तथा निबन्धकार निशेष आङदेम्बे इमानसिंह चेम्जोङ पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । किरात याक्थुम चुम्लुङले हरेक वर्ष प्रदान गर्दै आईरहेको इमानसिंह चेम्जोङ पुरस्कारबाट यस वर्षको पुरस्कार आङ्देम्बेलाई प्रदान गरेको हो । 

सहित्यकार इमानसिंह चेम्जोङको १२० औँ जन्मजयन्तीको अवसरमा ललितपुरस्थित चुम्लुङको केन्द्रीय कार्यलयमा आयोजित कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँईला र किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले २५ हजार राशी सहति सम्मान पत्र  हस्तान्तरण गर्नुभएको हो । 

आङदेम्बे दुई दशकदेखि लिम्बू भाषा, साहित्य र किरात सिरिजङ्गा लिपिका अभियानमा संलग्न हुनुहुुन्छ । उहाँको लिम्बु भाषाका दुई कृतिहरु ‘थाङबेन’ गजलसंग्रह (२०६२) र ‘हाङयुक्ना पाङयक’ हास्यव्यंग्य संग्रह (२ं०६८ प्रकाशित छन । आङदेम्बे इन्डिजिनियस टेलिभिजनमा  लिम्बू भाषाको टेलिभिजन कार्यक्रम ‘आनि साक्थिम’ कार्यक्रमको संचालक समेत हुनुहुन्छ । 
 

प्रतिक्रिया