आदिवासी महिला महासंघको समानान्तर अर्को कार्यसमिति

Admin
Admin७ पुष २०७९, बिहिवार
आदिवासी महिला महासंघको समानान्तर अर्को कार्यसमिति

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकाको हालै सम्पन्न आठौ महाधिबेनका असुन्तष्ट पक्षले समानान्तर अर्को नयाँ तर्दथ कार्यसमिति  गठन गरेको छ  । महासंघका तत्कालीन महासचिव जुनिता राईको अध्यक्षतामा १०सदस्यीय नयाँ सामानान्तर कार्यसमिति गठन गरिएको एक पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । 

पत्रकार सम्मेलन गर्दै महासंघको आठौँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति वैधानिक नभएको भन्दै नयाँ तर्दथ समिति गठन गरेको दावी गर्नू भएको छ । 

आठौँ महाधिवेशनको बन्दसत्रमा प्रशासकिय रुपमा दर्ता भएको संस्थालाई नविकरण नभएको भन्दै दर्ता प्रकृयाबाट बाहिरा गराईएको र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ स्वयमको नविकरण नभएको उल्लेख गरिएको छ । 

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार समानान्तर नयाँ तर्दथ समतिको अध्यक्षमा जुनिता राई, बरिष्ठ उपाध्यक्षमा पुष्पा बुढाथोकी, उपाध्यक्षमा रीना थकाली, विना नगरकोटी पहरी, माया चौधरी, महासचिवमा विनिता आले मगर, अनुसन्धान तथा संचार सचिवमा सुजा राई, विदेश तथा परियोजना सचिवमा बसुन्धारा घर्ती भुजेल, जनसम्पर्क सचिवमा नानु थामी, भाषा तथा संस्कृति सचिवमा नरमाया दुरा र कोषाध्यक्षमा मायालु तामाङ रहनु भएको  छ । 

गत साता मात्र राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आठौँ महाधिवेशनबाट  शेर्पा महिला संघकी अध्यक्ष निमी शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको थियो ।  
महासंघमा ४८ जातिय महिला संस्था आवद्ध रहेको छ । शेर्पाको अध्यक्षमा चयन भएको नयाँ कार्यसमिति बैधानिक नभएको भन्दै २७ वटा महिला जातिय संस्थाले बन्दसत्रमा ध्यानाकार्षण सहित विरोध जनाएको थियो । 

यस अगि आठौँ महाधिवेशन बाट निर्वाचित कार्यसमितिले एकलौटि ढंगबाट नयाँ कार्यसमिति चयन गरि निर्वाचन सम्पन्न गरेको राई पक्षले बताएको छ । 

प्रतिक्रिया