मूर्तिकला प्रर्दशनीमा कालु कुमाले 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१३ असोज २०७८, बुधवार
मूर्तिकला प्रर्दशनीमा कालु कुमाले 

विश्व पर्यटन दिवशको अवसरमा ललितपुरको ओकुवहलमा मूर्ति कला प्रर्दशन गरिएको छ । 

ललितपुर नगरपलिका वडा नं ६ पर्यटन प्रवद्र्धन समितिले पर्यटकका लागि धातु मूर्तिकला तथा वास्तु कला प्रर्दशन गरेको हो ।

तीन दिवसिय प्रदर्शनीमा पुराना प्रविधिमा निर्मित मुर्ती देखि नविनतम प्रविधिबाट निर्माण भएका कलाकृतिहरुको प्रर्दशन गरिएको ललितपुर नगरपलिका वडा नं ६ का अध्यक्ष हिटलर शाक्यले जानाकारी दिनु भयो । 

उक्त प्रर्दशनीमा पुराना मुर्तिकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा क्रोधकला शिरोमणी प्राज्ञ कालु कुमाले (कुम्हाः ) द्वारा निर्मित मुर्तिहरु मुख्य आर्कषर्णको रुपमा अवलोकनकर्ताहरुले चाख दिएका थिए ।  

ललितपुर महानगररपलिका वडा नं ६ का अध्यक्ष हिटलर शाक्यको सभापतित्वमा भएको प्रर्दशनीको उद्धघाटन ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति  कान्छा कुमार कर्मचार्यले गर्नु भएको थियो । 
सय भन्दा बढी मुर्तिहरु प्रर्दशित उतm प्रर्दशनीमा स्थानीयहरुले  अवलाकन गरेका थिए 

प्रतिक्रिया