भूपु गोर्खा सैनिकको सामाजिक सुरक्षा कटौति

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२ असोज २०७७, शुक्रवार
भूपु गोर्खा सैनिकको सामाजिक सुरक्षा कटौति

सरकारले उपलव्ध गराउँदै आएको जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता भूतपूर्ब गोर्खा सैनिकलाई नदिने नीति प्रति ब्रिटिस गोर्खा सैनिक संगठन (विगेसो)को सिंगापुर विभागले आपत्ति जनाएको छ । 

बिगेसोका संयोजक डम्बरबहादुर याक्सो लिम्बु र बिगेसो सिंगापुर विभागका प्रमूख पलबहादुर घर्तीमगरले एक प्रेस बिज्ञप्ती प्रकासित गर्दै सामाजिक सुरक्षा भत्ता कटौतिको निर्णय तत्काल फिर्ता गर्न नेपाल सरकारसमक्ष माँग गर्नु भएको छ । 

’भूतपूर्ब गोर्खा सैनिक र सिंगापुर गोर्खा प्रहरी माथि विदेशी सरकारले विभेद गरीरहेको बखत विभेद अन्त्यका लागि नेपाल सरकारको भूमिका अपेक्षा गरिरहेको बखत सरकारले थप विभेद गर्नू निन्दनीय छ ।‘ विगेसोद्वारा जारी विज्ञप्तीमा भूतपूर्व गोखौ सैनिक र सिंगापुर गोर्खा प्रहरी सडक आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।

सरकारले ७० बर्ष उमेर पुगेका सबै जेष्ठ नागरिकका लागि मासिक सामाजिक सुरक्षा भत्ता दिदै आएकोमा भूतपूर्व गोर्खा सैनिकलाई चालु आर्थिक बर्षदेखि बन्द गरिएको छ । सरकारले भूतपूर्ब गोर्खा सैनिकले दोहोरो सुविधा लिएको भन्दै यस्तो सुविधा नदिने बताएको हो । तर, भूतपूर्ब गोरखा सैनिकहरुभने जीवनको उर्बर समयमा विदेशमा रगत र पसिनासंंग साटेर देशको विप्रेषण मार्फत अर्थतन्त्रमा योगदान दिएको गुन सरकारले बिर्सिएको आरोप लगायँदै आएको छ । 

नेपाली युवाहरु नेपाल, बेलायत र भारत बीच सन १९४७को त्रिपक्षीय सन्धी मार्फत ब्रिटिस गोखौ सैनिकमा र त्यसै अन्तर्गत सिंगापुर प्रहरीमा भर्ना हुने गरेका छन् । तत्कालका लागि यसरी बिदेशी सेनामा जाने संख्या कटौति हुँदै गए पनि कुनै समयमा अनिवार्य भर्ना भएको इतिहासकारहरुको भनाई छ । 

गोर्खा सैनिकहरु अहिले बलायत, भारतमा कार्यरत छन् भने यसबाहेक सिंगापुर गोर्खा प्रहरी र ब्रुनाईको गोर्खा रिजर्भ युनिटमा कार्यरत छन् । बेलायती सेना र सिंगापुर गाृेर्खा प्रहरीमा काम गरेबापत विदेशी समकक्षी सरह समान तलव, पेन्सन र सुविधा प्राप्त नगरेको भन्दै भूतपूर्व गोर्खा सैनिकहरु केही बर्ष देखि बिभिन्न ढंगले आवाज उठाउँदै आएका छन् । यस्तो आन्दोलनमा नेपाल सरकारबाट कुटनीतिक पहल हुन नसकेको उहाँहरुको गुनासो छ । 

media

प्रतिक्रिया