आदिवासी जनजाति चलचित्र महोत्सव हुने

सरीता पुमा राई
सरीता पुमा राई१२ असार २०७४, सोमवार
आदिवासी जनजाति चलचित्र महोत्सव हुने

आदिवासी जनजाति चलचित्रकर्मिहरुको साझा संस्था आदिवासी जनजाति चलचित्र महासंघले  तीन दिने आदिवासी जनजाति चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी यहि असार १७, १८ र १९ गते काठमाण्डौमा महोत्सव हुने आयोजकले  जानकारी दिएको छ । 

आदिवासी जनजाति चलचित्रकर्मिहरुको साझा संस्था आदिवासी जनजाति चलचित्र महासंघले  तिन दिने महोत्सवको आयोजना गर्ने भएको छ । 

महोत्सवले आदिवासी जनजातिहरुका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण प्रर्वधनका साथै पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्य  लिएर महोत्सवको आयोजना गर्न लागेको महासंघका अध्यक्ष अमृत सुनुवारले जानकारी दिनुभयो । नेपाल एक बहुभाषीक, बहुजातीय, बहुधार्मीक, बहुसांस्कृतिक देश हो भनेर चिनाउने उद्देश्यले पनि महोत्सवको आयोजना गर्न लागेको उहाँले बताउनुभयो ।

त्यसैगरी आदिवासी चलचित्र ‘शिलु’ २०४४ सालमा निमार्ण भएदेखि झण्डै ५०० भन्दा बढी कथानक आदिवासी चलचित्र निमार्ण भईसकेका छन् । तर, नीतिगत समस्याका कारण सोचे अनुरुप आदिवासी चलचित्रको विकास हुन सकेको छैन । यदि राज्य र सम्बन्धित निकायले चासोका साथ यसलाई प्राथमिकता दिई अवसर प्रदान गर्ने हो भने आदिवासी चलचित्रले राष्ट्रको पहिचान बचाई राख्नुका साथै मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुल्याउने महासंघको विज्ञतीमा उल्लेख गरेको छ ।

आदिवासी चलचित्र ‘शिलु’ २०४४ सालमा निमार्ण भएदेखि झण्डै ५०० भन्दा बढी कथानक आदिवासी चलचित्र निमार्ण भईसकेका छन् ।

महासंघले स्थापना काल देखि नै आदिवासी जनजाति चलचित्रको प्रवर्धन तथा संवद्दन गर्नका लागि हरेक वर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको थियो । त्यसै अनुरुप यस वर्ष महोत्सवको आयोजना गरिएको महासंघले जनाएको छ । महोत्सवमा लिखित आदिवासी जनजाति चलचित्र, वृतचित्र र छोटो चलचित्र प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । आयोजकले यस महोत्सवमा जातिय संस्थाबाट छनौट भई सहभागिता जनाउने सबै चलचित्रहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिने समेत जनाएको छ ।

पब्लीक चोईज अवार्ड पाउनेलाई नगद २५ हजार रुपैया पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । भने  महोत्सवमा चलचित्रहरु कर्म क्या (गुरुङ) वन्थी (माझी) फेके (मुगाल),दखल(राजवंशी) , पुवालो(राई) , ब्यासा (राई) , नागा ( नागा) , पेकोसामा ( लिम्बु) , जितिया(थारु) ,लोम्बा (.मगर) ,बुम्बा (तामाङ) ,कल्ली ( नेवार) , अस्टोरी अफ टाईम ( नेवार) ,ङ्यो थमै (गुरुङ) ,त्याग ( गुरुङ) टाढाको माया (गुरुङ) , छ्याबाह्रामी (गुरुङ) ,गुठ (मगर) प्रर्दशन गर्ने भएको छ । महोत्सवको सुरुमा झागी पनि प्रस्तुत गर्ने आयोजले जानकारी दिए । 

प्रतिक्रिया