देवेन्द्र खापुङ लिम्बू पत्रकार संघको केन्द्रीय अध्यक्ष चयन

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस७ मंसिर २०७३, मङ्गलवार
देवेन्द्र खापुङ लिम्बू पत्रकार संघको केन्द्रीय अध्यक्ष चयन

लिम्बू पत्रकार संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट देबेन्द्र खापुङको अध्यक्षतामा नयाँ कार्यसमिति चुनिएको छ । मंसिर ४ र ५ गते ललितपुरको किरात याक्थुङ चुम्लुङ हिममा आयोजित महाधिवेशनमा १९ सदस्यीय कार्यसमित सर्वसम्मतले चयन गरिएको हो ।

किरात याक्थुङ चुम्लुङका महासचिव प्रेम येक्तेनको संयोजत्वमा सम्पन्न अधिवशेनबाट विजयबोध लावती (प्रथम उपाध्यक्ष), विष्णु सिंगक उपाध्यक्ष र मिलन लिम्बू महासचिवमा निर्वा्चित भएका छन् भने सचिवमा दिनेश सुब्बा र माला पालुंवा तथा कोषाध्यक्षमा भुपेन्द्र खुदाङ चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा याम माबोङहाङ, सन्देश सुब्बा, एमपी सुब्बा, भगिश्व्।र लिम्बू, यानिन्द्र तिगेला, उपेन्द्र येक्तेन, सेसेहाङ लावती, सन्तोष नेम्बाङ र भीमहाङ थाङ्देन चुनिएका छन् । संघको २१ सदस्यीय कार्यसमिति रहनेछ, जसमा दुई सदस्य केन्द्रीय कार्यसमितिले चयन गर्ने संघको प्रावधान रहेको छ ।

अध्यक्ष पदमा निर्वा्चित भएपछि देबेन्द्रले लिम्बू पत्रकार संघलाई आगामी दिनमा अझ सक्रिय र शसक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै, आइतबार नै बसेको नयाँ समितिको पहिलो बैठकले स्व. युवराज लिम्बू स्मृति पत्रकारिता कोष स्थापना गर्ने, संघलाई नयाँ ढंगबाट अगाडि बढाउनेलगायतका योजनाहरु निर्णय गरेको छ ।

अधिवेशनकै अवरमा लिम्बु समुदायबाट पत्रकारिता क्षेत्रमा समाज र राष्ट्रका लागि योगदान पु–याउने चार व्यक्तित्व तथा पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेहरुमा कौशल चेम्जोङ, आइन्द्रसुन्दर नेम्बाङ, हर्ष सुब्बा र देबेन्द्र खापुङ रहेका छन् । उनीहरुलाई महाअधिवेशन उद्घाटन समारोहका प्रमुख अतथि संघीय मामिला राज्यमन्त्री श्री जबेगुले सम्मान प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया