सर्वहारीलाई अस्वीकृत बिचार साहित्य पुरस्कार 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१२ वैशाख २०७३, आइतवार
सर्वहारीलाई अस्वीकृत बिचार साहित्य पुरस्कार 

 थारु भाषा साहित्यमा योगदान पु¥याएको भन्दै थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारी अस्वीकृत बिचार साहित्य पुरस्कारबाट पुरस्कृत भएका छन् । बैशाख ११ गते साफ फाल्चा, काठमाडौमा वरिष्ठ संस्कृतिवीद सत्यमोहन जोशीले पुरस्कार प्रदान गरे । पुरस्कार रकम १२ हजार रुपैयासहित सम्मान पत्र रहेको छ ।

अस्वीकृत बिचार साहित्य पुरस्कार गुठीका संस्थापक डा. कविताराम श्रेष्ठ २०६६ सालदेखि विविधकारणबश दिन नसकिएको पुरस्कार  एकैपल्ट २०७३ साल सम्मका लागि ७ जनालाई प्रदान गरिएको बताए ।

सर्वहारीको फुटल करम (थारू भाषाको पहिलो उपन्यास २०५५), दोसर घर जाइबेर (थारू भाषाको पहिलो मुक्तक संग्रह २०५६), समयका उच्छबासहरू (थारू नेपाली पहिलो हाइकु संग्रह २०५९), मामा भान्जा (थारू समुदायको पहिलो लोककथा संग्रह २०६०), थारू लोककथा–१ (२०६७), ढों ढों पों पों (थारू भाषको पहिला हाँस्य ब्यग्ंय सगं्रह २०६८), थारू भाषा सिकौं (२०६८, सहलेखन), थारु गुरुवा र मंत्र ज्ञान (२०७०), कमैया बस्तीमे  भगन्वा ( थारू भाषाको पहिलो लघुकथा संग्रह २०७२) लगायत पुस्तक प्रकाशित छ । त्यस्तै, बालपुस्तकमा सुख्ली (थारू भाषको पहिलो बालकथा संग्रह, २०६२), जोन्हू मामा (थारू भाषाको पहिलो बालकविता संग्रह, २०६३) तथा २०६६ सालमा हलो जोत्ने माछा, अनारकलीको अन्तरकथा, तुलारामको चर्तिकला, सत्तलसिंहको कथा सचित्रमय कथा प्रकाशित छ । उनले नेपाली भाषामा मुक्त कमैयामा आधारित गन्तव्य उपन्यास लगायत कक्षा १ देखि ५ सम्मको थारू भाषाको पाठ्यपुस्तक  समेत लेखेका छन् ।

सर्वहारी क्षेत्रीय प्रतिभा पुरस्कार (२०६७), साझा लोकसाहित्य पुरस्कार (२०६७), राष्ट्र मातृभाषा सेवा पुरस्कार (२०६९) लगायतबाट पुरस्कृत छन् । 

 

प्रतिक्रिया