संबिधानः पकेटको डायरी

बम कुमारी बुढा मगर
बम कुमारी बुढा मगर११ कार्तिक २०७२, बुधवार
संबिधानः पकेटको डायरी

बम कुमारी बुढा मगर

तीन मुख्य दलले गठबन्धन गरेर संबिधानलाई आफ्नो पकेटको डायरी जस्तो बनाएर घोषणा गरेका छन् । आदिवासी जनजातिको लागि यो संबिधान स्बीकार्य छैन । त्यसैले, यसमा हाम्रो सहभागिता छैन । समग्रमा हेर्दा यो संबिधानमा व्यवस्था गरिएको विभिन्न धारा हेर्दा यो आदिवासी जनजातिको हितमा छैन ।

आदिवासी जनजाति तथा मधेशी समुदायको सबैभन्दा ठूलो माग समानुपातिक समाबेशी भनेर प्रस्ट लेखिएको छैन । हाम्रो देश बहुधार्मिक, बहुसांस्कृतिक संरचना भएको देश हो । त्यसैले हामीलाई आ आफ्नो पहिचान चाहिएको हो । नेपालको बहुपहिचानको बिशेषतालाई संविधानले सम्बोधन गर्न सक्नु पर्छ । २५० बर्षदेखि निरन्तर जारी खस बाह्मण शासन अन्त्य गर्नको लागि यो संबिधान आउनु पथ्र्यो । विडम्वना अन्तरिम संबिधानले सुनिश्चित गरेका अधिकार समेत यो संबिधानले सुनिश्चित गर्न सकेन । यसरी संबिधान बनाउनु भनेको आदिवासी जनजाति, माहिला, उपेक्षित भौगोलिक बिबिधता भएकालाई यो संबिधानले बिर्सिएकै हो भन्ने लाग्छ ।

बहुधार्मिक देश भनेर भनिएको छ । यो कुरालाई नै अल्मल्याएर आदिवासी जनजातिको प्रथाजनित कानुनहरुलाई मान्यता नदिने र अर्कोतिर शब्दजालमा पु¥याएर परम्परागत र सनातन धर्म भनेर हिन्दु धर्मलाई नै संरक्षण गरेको देखिन्छ । यो सनातन भनेको त हिन्दु धर्ममा नै पर्दै आएको छ । आदिवासी जनजातिहरुको परम्परागत मूल्य मान्यता, संस्कृति, ईतिहास रहेको छ । यसले हाम्रा प्रथाजनित कानुनहरुलाई सम्बोधन गरेको छैन । त्यसैले, यो संबिधानको प्रस्ताबनादेखि नै हामीलाई बहिष्करणमा परेको भन्ने लाग्छ । 

म मगर । मगर जस्तै अन्य आदिवासी जनजातिको गाई खाने चलन रहेको छ । पहिले मगरहरुकोे जिमुवालहरुलाइ, तालुकदारहरुलाई गाईको टाउको बुझाईन्थ्यो । पहिले र अहिले पनि गाईको मासु भएमा गाँउमा बाँडेर खाने प्रचलन छ । यो संस्कृति अझै हराएको छैन । तर पुनः गाईलाई नै राष्ट्रिय जनावर घोषणा गरेर द्वन्द्व निम्ट्याउने काम गरिएको छ ।

म मगर । मगर जस्तै अन्य आदिवासी जनजातिको गाई खाने चलन रहेको छ । पहिले मगरहरुकोे जिमुवालहरुलाइ, तालुकदारहरुलाई गाईको टाउको बुझाईन्थ्यो । पहिले र अहिले पनि गाईको मासु भएमा गाँउमा बाँडेर खाने प्रचलन छ । यो संस्कृति अझै हराएको छैन । तर पुनः गाईलाई नै राष्ट्रिय जनावर घोषणा गरेर द्वन्द्व निम्ट्याउने काम गरिएको छ । कुनै पनि जनजातिको संस्कृति कसैले खोस्न पाईदैन । यसो गर्नु भनेको उसको मानब अधिकारको हनन हो ।

अर्को कुरा जारी संविधानमा राष्ट्रिय भाषा नेपाली र देबनागरी लिपिको कुरा छ । एक भाषा, एक जाति, एक भेष भनेर पहिले शासन गरियो । यसले आदिवासी जनजातिलाई मारमा पा¥यो भनेर हिजो हामीले आन्दोलन ग¥यौं । तर सोही कुरालाई पृष्ठपोषण गर्ने यो संबिधानको रुप देखिएको छ । त्यसैले, तीन मुख्य दलले संबिधानलाई आफ्नो पकेटको डायरी जस्तो बनाएर घोषणा गरेको संविधान हामी कुनै हालतमा स्वीकार्दैनौ ।

अधिकारकर्मी बम कुमारी बुढा मगरसंग कुराकानीमा आधारित

प्रतिक्रिया