अल्ट्रा रेसर विश्व विजेता मीरा राई सम्मानित

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ असोज २०७२, सोमवार
तस्विर सौजन्यः कैलाश राई


काठमाडौ

अल्ट्रा रेसर विश्व विजेता मीरा राईलाई किरात राई दुङमाली भाषा संस्कृति संरक्षण मञ्च, जिल्ला कार्यसमिति, काठमाडौले नगद राशीसहित सम्मान गरेको छ ।

एमाले सांसद शेरधन राई र शीर उभ्याउनी आशिर्वादस्वरुप राशी जेष्ठ अभिभावक बोम बहादुर राईले २० हजार १ सय ५ रुपैया राशीसहित असोज १६ गते सम्मानपत्र प्रदान गरेका हुन् । पुरस्कार प्रदान गर्दै सांसद शेरधन राईले भोजपुरको चेली विश्व विजेता हुँदा ज्यादै गौरब महशुश भएको र आगामी दिनहरुमा सक्दो सरसहयोग जुटाउने वातावरण निर्माणमा भरपुर सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

मीरा राईको सफलताको कदर देश विदेशमा भए पनि नेपालको राष्ट्रिय खेलकुद जगतले खासै महत्व दिन नसकेको बेलामा उनलाई सम्पूर्ण दुङमाली समुदायको तर्फबाट स्वाबासी र हौसला दिनको लागि उक्त सम्मान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

मीरा राईको सफलताको कदर देश विदेशमा भए पनि नेपालको राष्ट्रिय खेलकुद जगतले खासै महत्व दिन नसकेको बेलामा उनलाई सम्पूर्ण दुङमाली समुदायको तर्फबाट स्वाबासी र हौसला दिनको लागि उक्त सम्मान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

गत २७ जुनमा फ्रान्समा भएको ८० किमिको मोन्ट ब्लंक म्याराथनमा वल्र्ड च्याम्पियन बनेपछि चर्चित बनेकी मीराले हङकङ र इटालीमा भएको अन्तर्राष्ट्रिय अल्ट्रा रेसहरुमा पनि पहिलो स्थान ओगटेकी थिइन् । माओवादी लडाकु प्रमाणीकरणमा अयोग्य ठहरिएकी मीराले एक वर्षको अवधिमा १४ वटा अन्तर्राष्ट्रिय अल्ट्रा दौडमा भाग लिइसकेकी छिन् भने ८ वटामा उपाधि हासिल गरेकी छिन् । हिमालयन, मुस्ताङ र मनास्लु, इटाली, हङकङ, स्पेनमा भएका दौडमा ६ पटक विजेता बनेकी छिन् । मीरा भर्खरै बार्सिलोना बागामा सम्पन्न अल्ट्रा पिरिनेउ म्याराथनमा महिलातर्फ विश्व उपविजेता बनेर नेपाल फिरेकी हुन् ।

सम्मान पाएपछि उत्साहित हुँदै मीराले भनिन्– अभिभावकहरुको आर्शिवाद र समुदायको सम्मान पाएर म ज्यादै खुशी छु । अझ अगाडि बढ्नको लागि प्रोत्साहित भएको छु र म निरन्तर मिहेनत गरिरहने छु । कार्यक्रममा संगीतकार एवं गायक मनोज साङसोनले दुङमाली र नेपाली गीत गाए भने सम्मानित मीरा राईलगायतकाहरु उक्त गीतमा नाचेका थिए ।
 

प्रतिक्रिया