जसरी पनि एक थान सविधान ल्याउने मानसिकताले समस्या

प्रा. डा. ओम गुरुङ
प्रा. डा. ओम गुरुङ२५ भदौ २०७२, शुक्रवार
जसरी पनि एक थान सविधान ल्याउने मानसिकताले समस्या

थारु लगायत अन्य आन्दोलनलाई बिउँताउने काम मुख्य राजनैतिक दलहरुले गरेका हुन् । यहाँ भन्ने बेलामा मुख्य ४ बटा राजनैतिक दल भनिन्छ । तर अहिले भने ३ बटा मात्र राजनैतिक दलहरुले नै सबै निर्णय गरिरहेका छन् । राजनैतिक दलहरुको अकर्मणयताले गर्दा देशमा दश बर्षे जनयुद्धले चाहेको शान्ति सुव्यवस्था, सम्बृद्धि, सबैको हक अधिकार, पहिचान सुनिश्चित हुन सकेको छैन । त्यो खालको लक्ष्यका साथमा जनआन्दोलन २०६२÷६३ ले जनादेश पनि प्रदान ग¥यो । अन्तरिम संविधानले बिभिन्न अधिकार प्रदान ग¥यो, त्यही अधिकारलाई टेकेर दोश्रो संविधानको चुनावले देश अग्रगामी दिशातिर जान्छ भनेको त अहिले आएर देश पछाडि फर्केको अवस्था छ ।

अन्तरिम संविधानले व्यवस्था गरेका अधिकारहरुलाई सबै कटौटी गरेर यो संविधान आउने भएको छ । आदिवासीको आन्दोलन भए पनि, थारुको आन्दोलन भए पनि, मधेशको आन्दोलन भए पनि यी समुदायहरुले सरकारसंग अरु धेरै केही मागेको छैनन् । उनीहरुले छुट्टै राज्य मागेका छैनन् । 

अन्तरिम संविधानले व्यवस्था गरेका अधिकारहरुलाई सबै कटौटी गरेर यो संविधान आउने भएको छ । आदिवासीको आन्दोलन भए पनि, थारुको आन्दोलन भए पनि, मधेशको आन्दोलन भए पनि यी समुदायहरुले सरकारसंग अरु धेरै केही मागेको छैनन् । उनीहरुले छुट्टै राज्य मागेका छैनन् । उनीहरुले देशलाई टुक्राउने भनेका छैनन् । मात्रै पहिचानको आधारमा र सामथ्र्यको आधारमा हामीलाई राज्य बनाईदेउ, समानुपातिक समावेसी हुनुपर्छ, देश धर्म निरपेक्ष हुनुपर्छ, बिशेष व्यवस्था हुनुपर्छ भन्ने मात्र उनीहरुको माग हो । नेपालका आदिवासी जनजातिहरुले मात्र मागेको अधिकार हैन यो । यो त विश्वभरिका आदिवासी जनजातिहरुले पाउने र पाउनुपर्ने अधिकार हो । राज्यले दिने कुरा पनि यही नै हो । अहिले राज्य त्यतिसम्म पनि दिन नमानेपछि यो खालको थारु आन्दोलन, मधेस आन्दोलन, लिम्बुवान आन्दोलन सुरु भएको छ ।

हजारौमा धार्मिक गुरुहरु नै पनि आन्दोलनमा आउनु परेपछि अरु नागरिकहरुको त कुरा गरि साध्य छैन । चार राजनैतिक दलहरु बिचमा भएको १६ बुँदे सहमतिको पछि नामाङ्कन र सिमा बिनाको यो जुन संविधान ल्याउने कुरा भयो र त्यसपछि सिमाङ्कनको नाममा बिभिन्न बिबादहरु निम्त्याउने कार्य भयो । सिमाङ्कनको नाममा थारुहरुको क्षेत्रलाई, भूमिलाई, भाषा, समुहलाई बिभाजन गर्ने कार्यहरु पनि भए । जसरी पनि एक थान सविधान ल्याउने भन्ने जुन मानसिकता छ, यसले नै आन्दोलनको अवस्था ल्याएको हो । 

(थारू अराउण्ड वल्र्ड संस्थाको आयोजनामा भदौ २१ गते काठमाडौमा आयोजित संविधान निर्माणको वर्तमान परिप्रेक्षमा थरुहट आन्दोलन र सम्भावित निकास बिषयक् अन्तरक्रिया कार्यक्रममा ओम गुरुङको  बिचार ।

प्रतिक्रिया

अन्य सामाग्रीहरु प्रा. डा. ओम गुरुङ