बाढी प्रभावितका लागि राहत, बाँड्नेको घुँइचो, स्थानीय तह पनि सक्रिय

सुजन सुनुवार
सुजन सुनुवार१५ भदौ २०८३, सोमवार
बाढी प्रभावितका लागि राहत, बाँड्नेको घुँइचो, स्थानीय तह पनि सक्रिय

रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी त्रिशूली नदी आसपासका क्षेत्रमा विनाशकारी बाढीबाट  प्रभावितहरुलाई सहयोग गर्ने सहयोगीहरु अहिले सक्रिय भएका छन् । 
विभिन्न संघ संस्था तथा दातृ संस्थाहरु प्रभावितहरुलाई राहत तथा उद्धारका लागि जुटि रहेका छन् । केहीले नगद सहयोग गरेका छन् भने केहीले जिन्सी  सहयता पनि प्रदान गरिरहेका छन् । 
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको टिम नै नुवाकोट पुगेर केही राहत सामाग्री स्थानीय तह मार्फत प्रभावितहरुलाई हस्तान्तरण गरेको छ । 
महिला महासंघका अध्यक्ष शोभा सुनुवारको नेतृत्वमा त्यहाँ पुगेको टिमले महिलासंग सम्बन्धीत कपडा तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । 
यसै गरी नुवाकोटको विदुरमा राहत सामाग्री पुर्याउनेहरुको घुइचो नै लागेको छ । व्यक्तिगत रुपमा र संस्थागत रुपमा जिन्सी सामाग्री सहयोग गर्नेहरुको बिदुरमा ताँती लागेको देखिन्छ । नगद सहयोग भने प्रधानमन्त्री प्राकृतिक प्रकोप कोषमा पठाउने व्यबस्था गरिएको छ । 

सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । 


नुवाकोटको विदुरको वडानम्बर ५ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र अर्कोे चन्द्रज्योति माध्यामिक विद्यालयमा अस्थायी राहत शिविरमा पनि महिला महासंघले राहत सामाग्री बितरण गरेको छ ।  
नेपाली सेनाको ब्यारेकमा प्रभावितहरुका लागि खाद्यान्न, औषधि र राहत सामग्री आवश्यकता तथा पहुँचका आधारमा वितरण गर्ने  गरिएको छ ।
रसुवाको टिमुरे र स्याफ्रुबेँसी आसपासका बस्ती सबैभन्दा बढी प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार टिमुरे क्षेत्रमा मात्रै करिब १०७ घर र घट्टेखोलामा करिब ५० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।  रसुवागढी क्षेत्रको भन्सार कार्यालय, सुख्खा बन्दरगाह, प्रहरी संरचना र अन्य सरकारी तथा निजी संरचनामा पनि ठूलो क्षति पुगेको छ । 
प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र आवश्यक आधारभूत सेवाको व्यवस्था गरिएको छ ।  नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रसमेत राहत र उद्धारमा परिचालित छन् ।  

यहाँ स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाइएको पाइएको छ ।  प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचारको व्यबस्था पनि छ ।  
नुवाकोटको बट्टारस्थित नेपाली सेनाको तालिम केन्द्रमा र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री संकलन गरीएको छ ।  
सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । 
विदुरको नेपाली सेनाको व्यारेक, प्रहरी कार्यलय र अस्पतालहरुमा आफन्त खोज्नेहरु ओहोर दोहर भइरहेको देखिन्छ । 
बेपत्तामध्ये नेपाली नागरिक मात्र छैनन ।  पर्यटक, तीर्थयात्री, कामदार र विभिन्न मुलुकका नागरिकसमेत रहेको अन्तर्राष्ट्रिय रिपोर्टहरूले जनाएका छन् । 
यसले भोटेकोशी विपत्तिलाई नेपालको मात्र नभई अन्तर्राष्ट्रिय मानवीय संकटका रूपमा समेत अगाडि ल्याएको छ । 
यस क्षेत्रमा संभाावित जोखिमलाई लिएर संत्रास छाएको पाइन्छ । विपत भनेको आकस्मीक नै हुन्छ । यस्तो विपदमा एक जुट भएर मानवीय सेवामा लाग्नु नै अहिलेको प्राथामिक आवश्यकता हो । 

 


 

प्रतिक्रिया