प्राध्यापक महेन्द्र पी लामा इसिमोडको वरिष्ठ सल्लाहाकारमा नियुक्त

Admin
Admin२५ जेठ २०८३, सोमवार
प्राध्यापक महेन्द्र पी लामा इसिमोडको वरिष्ठ सल्लाहाकारमा नियुक्त

भारतका प्रख्यात अर्थशास्त्री,  शिक्षाविद् महेन्द्र पी  लामा  अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को वरिष्ठ सल्लहाकारमा नियुक्त हुनु भएको छ । 
इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले प्राध्यापक लामालाई वरिष्ठ सल्लाहाकारमा नियुक्त गरेको जानकारी दिनु भएको छ ।

महानिर्देशक ग्याम्त्सोले प्राध्यापक लामाको शैक्षिक विशेज्ञता, नीतिगत अनुभव तथा क्षेत्रीय कुटनीतिक दक्षताबाट इसिमोडमा योगदान पुग्ने विश्वास व्यक्त गर्नू भएको छ । 

सन् १९८३ मा स्थापना भएको इसिमोड आठ राष्ट्रहरुका अन्तरसरकारी ज्ञान तथा सिकाई केन्द्र हो । नेपालको राजधानी काठमाडौमा मुख्यालय भएको इसिमोडले हिन्दुकुश हिमालय क्षेत्रका मानिसहरुको जीवनस्तर सुधार, जीविकोपार्जन सुद्दृढिकरण तथा हिमाली वातावरण र संस्कृति संरक्षणमा काम गर्दै आएको छ । 
इसिमोडका सदस्य राष्ट्रहरुमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यनमार र पाकिस्तान छन् । 
प्राध्यापक लामा हिमालय क्षेत्र, दक्षिण एशियाली क्षत्रीय सहकार्य, सीमा व्यापार, क्षेत्रीय एकीकरण, विकास नीति तथा अन्तराष्ट्रिय सम्बन्धका विषयमा परिचित व्यक्ति हुनु हुन्छ । 
उहाँले हिमालय क्षेत्रको दिगो विकास र अर्थतन्त्रका सवालमा पछिल्लो समय काम गरिरहनु भएको छ । 

प्रतिक्रिया