दावा गियरद्धारा मानव कल्याण समाजका ११२ जनालाई न्यानो ज्याकेट वितरण

Admin
Admin१४ माघ २०८०, आइतवार
दावा गियरद्धारा मानव कल्याण समाजका ११२ जनालाई न्यानो ज्याकेट वितरण

दावा गियरद्धारा मानव कल्याण समाज काभ्रेपलाञ्चोक शाखामा र मानव कल्याण समाज झौखेलमा ज्याकेट वितरण गरेको छ । शनिबार काभ्रेपलाञ्चोकमा एक कार्यक्रमका बिच गियरका संचालकद्धय दावा टसी शेर्पा र फुरलामू शेर्पाले वितरण गर्नुभएको हो ।गियरले मानव कल्याण समाज काभ्रेपलाञ्चोक  शाखामा ८२ जना र मानव कल्याण समाज झौखेलमा  दुईवटा शाखाका ३० जनालाई ११२ पिस न्यानो ज्याकेट वितरण गरेको जानकारी दिनुभयो ।   

गियरका संचालक दावा टसी शेर्पाले संस्थाबाट हरेक वर्ष अनाथ बालबालिका, ग्रामिण क्षेत्रका वृद्धवृद्धा, वृद्धआश्रममा बार्षिक योजना अनुसार चिसोसमयमा न्यानो लताकपडा वितरण गर्ने गरेको बताउनुभयो । उहाँले बार्षिकरुपमा आयआर्जन गरेको नाफाबाट कपडा वितरण गर्ने गरेको जोडनु हुँदै ग्राहकहरुलाई धन्यवाद दिँदै  आगामी वर्षमा पनि सहयोग कार्यलाई निरन्तरता दिँदै लैजाने बताउनुभयो । 

वितरण कार्यक्रममा मानव कल्याण समाजका प्रतिनिधि, डिजे छेवाङ शेर्पालगायतको उपस्थिति रहेको थियो । 

संचालक शेर्पा ११ वर्ष उमेर देखी ट्रेकिङ क्षेत्रमा भरियाबाट काम सुरु गर्नुभई पर्यटन क्षेत्रमै विभिन्न तालिम प्राप्त गरेपश्चात गाईड भएर काम गर्ने क्रममा २०१४ अप्रिल १८ मा खुम्बु आईस्फलमा गएको हिमपहिरोमा परि ठुलो चोटपटक लागेपछि कामको विकल्प खोज्दै उहाँले दावा गियरको स्थापना गर्नुभएको हो । दावा गियर को स्थापना सन् २०१७ मा गरिएको हो । गियरले स्थापनाकाल देखिनै लतकपडा वितरण गर्दै आईरहेको छ । 

 

प्रतिक्रिया