थारु आदिवासी समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउँदै

Admin
Admin२७ पुष २०८०, शुक्रवार
थारु आदिवासी समुदायले टुँडिखेलमा दुई दिन माघ महोत्सव मनाउँदै

सरला चौधरी

थारु समुदायमा मनाईने माघ पर्वलाई थारु कल्याणकारीणी सभा केन्द्रिय समितिको मुल आयोजना  तथा थारु विद्यार्थी समाज लगायत थारु संघसंस्थाहरुको संयूक्त आयोजनामा माघ पर्व दुई दिन टुँडिखेलमा भव्यताको साथ मानाउने भएको छ । थारु कल्याणकारीणी सभा केन्द्रिय समितिले पत्रकार सम्मेलनको आयोजना गरि माघ पर्व पौष २९ र माघ १ गते गरि दुइ दिन टुँडिखेलमा मनाउने जानकारी दिएको हो । 

″थारु संस्कृतीको संरक्षण,संबद्र्धन र प्रबद्र्धनमा हाम्रो अभियान,  समानुपातिक पहुँचका लागि संपूर्णमा आह्वान” भन्ने मुल नारा सहित माघ पर्व मनाउन लागेको र माघ महोत्सवको उद्घाटन सम्माननिय प्रधान मन्त्री पुष्पकमल दाहालले गर्ने आयोजकले जनाएको छ । थारु समुदायमा माघ पर्वलाई नयाँ बर्ष, स्वतन्त्रता दिवस, सामाजिक कार्यको लागि गाँउको नेतृत्व चयन, नयाँ आर्थिक हिसाव किताब, कामको समिक्षा, सामाजिक, सांस्कृतीक, धार्मिक पक्षलाई जोड दिदैँ माघ पर्वलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरि राष्ट्रिय स्तरमा थारु माघ महोत्सव मनाउन सके मात्र थारु जातीको संस्कृतीको संरक्षण र आर्थिका विकासमा टेवा पुराउन  सकिने महोत्सव संयोजक पे्रमीलाल चौधरीले बताउनुभयो  । 

महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नको लागि प्रेमीलाल चौधरीको संयोजकत्वमा थारु राष्ट्रिय माघ महोत्सव मुल आयोजक समिति २०८० तथा उपसमितिहरु गठन गरिएको छ ।

महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्नको लागि प्रेमीलाल चौधरीको संयोजकत्वमा थारु राष्ट्रिय माघ महोत्सव मुल आयोजक समिति २०८० तथा उपसमितिहरु गठन गरिएको छ । जसमा आर्थिक व्यबस्थापन उपसमितिको संयोजकमा सुमन चौधरी, स्टल व्यबस्थापनको समितिको संयोजका चन्द्र प्रकाश चौधरी, प्रचार प्रसार संयोजकमा प्रदिप लेखि, किशोर चौधरी, सहदेव चौधरी, विज्ञापन व्यबस्थापन संयोजकमा चन्द्र प्रसाद चौधरी, सांस्कृतिका उपसमिति संयोजकमा नन्दुराज चौधरी, राम स्वागत चौधरी, मोटर साइकल ¥याली व्यबस्थापनमा अधिकार चौधरी, ब्लड डोनेशनमा पुष्पा चौधरी, झाँकी व्यबस्थापनको संयोजकमा बर्दियाली विकास मञ्ज, निसराउ व्यबस्थापनमा ( थारु महिला सभा÷थारु महिला समाज र अग्रासन महिला समुह), जिता मार्ने उपसमितिमा (बर्दियाली विकास मञ्च), फोहोर व्यबस्थापनमा जोगा चौधरी र शुत्रघन प्रसाद चौधरी रहनु भएको छ । 
प्रचार प्रसार गर्ने उद्देश्यका साथ ¥याली पौष २९ गते विहान ७ बजे मोटरसाइकल रयाली  तीनकुनेबाट शुरु भई भृकुटी मण्डपमा समापन हुनेछ । माघ १ गते १० बजे झाँकी ¥याली बसन्तपुरमा जम्मा भई रत्नपार्क परिक्रमा गरि टुँडिखेलमा मुल समारोहमा परिणत हुने छ । महोत्सवलाई सफल बनाउन करिब १५ लाख लागत लाग्ने आयोजक समितिले जनाएको छ । 

साँस्कृतिक झाँकी रयाली प्रर्दशन, पौराणिक नित्य प्रस्तुती, थारु खानपीन,हस्तकला, पुस्तक प्रर्दशनी लगाएत महोत्सवको मुख्य आकर्षनहरु रहेका छन् । 

 

प्रतिक्रिया

अन्य सामाग्रीहरु Admin