तमुहरुलाई राज्यले आतङ्कित बनाइरहेको तमु अगुवाहरुको आरोप

Admin
Admin९ साउन २०८०, मङ्गलवार
तमुहरुलाई राज्यले आतङ्कित बनाइरहेको तमु अगुवाहरुको आरोप

आदिवासी तमु (गुरुङ) समुदायका अगुवाहरुले तमुहरुलाई राज्यले बिभिन्न ढंगले आतङ्कित बनाइरहेको आरोप लगाउनु भएको छ ।  झुट्टा मुद्धा लगाउने र दुख दिने नियतबस राज्य संयन्त्र गुरुङ समुदाय माथि खनिएको उहाँहरुको आरोप छ ।

तमु ह्युल छाेंज धिँ, गुरुङ राष्ट्रिय परिषदको आयोजनामा  इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने निरन्तर बहस कार्यक्रमका लागि आयोजित अन्तरक्रियाका क्रममा तमु अगुवाहरुबाट यस्तो धारणा आएको हो ।

“गुरुङहरुलाई फसाउने नियतबस भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङ माथि  झुट्टा मुद्धा चलाइएको, समाजसेवी भद्रकुमारी घलेको निजी सम्पत्ति नष्ट गरेका छन् ।” तमु ह्युल छोँज धि, गुरुङ राष्ट्रिय परिषद संरक्षक परिषदका अध्यक्ष रेशम गुरुङले भन्नु भयो, “एउटा घटनालाई अतिरञ्जित बनाएर सिङ्गो तमु समाजलाई  आतङ्कित बनाएका छन् ।”

तमु ह्युल छोँज धि, गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्ण बहादुर गुरुङले पनि तमु गुरुङ माथि राज्यले हेपाहा नीति अगाडि सारेको बताउँदै तमुहरुको भाष, धर्म संस्कृति तथा शिक्षामा विभेदकारी नीति ल्याएको आरोप लगाउनु भयो ।

पछिल्लो समयमा विश्वव्यापीकरण, राज्यको असहयोग र जलवायू परिबर्तन, आन्तरिक र बाह्य हस्तक्षेप, हरेक बिषयमा हुने अति राजनीतिकरणका कारण सबै आदिवासीको पहिचान, परिचय र  जिविकापार्जनको क्षेत्रमा ठूलो चुनौति आएको सन्दर्भलाई बक्ताहरुले बिशेष गरेर उठाउनु भएको थियो ।

“गुरुङहरुलाई फसाउने नियतबस भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङ माथि  झुट्टा मुद्धा चलाइएको, समाजसेवी भद्रकुमारी घलेको निजी सम्पत्ति नष्ट गरेका छन् ।” तमु ह्युल छोँज धि, गुरुङ राष्ट्रिय परिषद संरक्षक परिषदका अध्यक्ष रेशम गुरुङले भन्नु भयो, “एउटा घटनालाई अतिरञ्जित बनाएर सिङ्गो तमु समाजलाई  आतङ्कित बनाएका छन् ।”

कार्यक्रमको प्रारम्भमा इन्डिजिनियस मिडिया फाउण्डेशनका अध्यक्ष जगत दोङले आदिवासी तमुहरुको परम्परागत भूमि, भूभाग र क्षेत्रहरुमा आदिवासीको सहमति र मन्जुरी बिना नै स्थानीय प्राकृतिक स्रोत र साधनको व्यापारिक प्रयोग भइरहेको र त्यहाँबाट आदिवासीहरु थाकथलोबाट विस्थापन गराउन बाध्य पारिदै आएको बताउनु भएको थियो ।

उहाँले सँस्कृतिक अभियान, मौलिक सभ्यताहरु माथि बिभिन्न ढंगले अतिक्रमण भएका् र मौलिक प्रथाजनित संस्थाहरु लोपोन्मूख हुन थालेकोले साँस्कृतिक पुनजागरणको आवश्यकता माथि औल्याउनु भएको थियो ।

कार्यक्रममा मानवशास्त्री डा. टेक गुरुङले आदिवासी तमुहरु आफैले आफ्नो पहिचान र परिचय जोगाउँदै ल्याएको बताउनु हुँदै अहिले बिभिन्न तरिकाबाट चुनौति थपिएको बताउनु भएको थियो । उहाँले जातिको भाषा तथा संस्कारमा आएको परिबर्तनलाई स्वभाविक मानिएता पनि मौलिक रुपमा पुनस्थापना हुनु पर्नेमा जोड दिनु भएको थियो ।

परिषदका उपाध्यक्ष भगवती गुरुङले भाष संरक्षणमा महिलाको भूमिका महत्वपूर्ण हुने बताउनु हुँदै घर परिवारमा तमु भाषाको प्रयोग गर्न तमु अगुवाहरुलाई आह्वान गर्नू भयो ।कार्यक्रममा तमु संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता थियो ।

 

प्रतिक्रिया