गोक्यो हिमतालमा वेपत्ता विद्यार्थी खोज्न ‘सबमरीन ड्रोन’ को प्रयोग

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस५ भदौ २०७५, मङ्गलवार
गोक्यो हिमतालमा वेपत्ता विद्यार्थी खोज्न ‘सबमरीन ड्रोन’ को प्रयोग

गत साउन महिना सोलुखुम्बुको खुम्बुपासाङ्ग ल्हमु गाउँपालिकामा रहेको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता विद्यार्थी खोज्न ड्रोन प्रयोग गरिने भएको छ । बेपत्ता भएका ३ विद्यार्थीमध्ये हाल सम्म फेला नपरेको २ विद्यार्थीलाई खोज्न ‘सबमरीन ड्रोन’ नेपाल ल्याएको हो ।

हिमतालमा बेपत्ता ३ विद्यार्थीमध्ये पेम्बानुर्बु शेर्पाको शव गत साउन २३ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको थियो । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले लगातार ४ दिनसम्म हिमतालमा २ बेपत्ता विद्यार्थी खोज्द पनि नभेटिएपछि ‘सबमरीन ड्रोन’ को प्रयोग गरिने भएको हो । नेपालमै पहिलो पटक सबमरीन ड्रोन’को प्रयोग गरि पानीमुनी मान्छे खोज्ने काम हुने भएको छ ।

नेपालमै पहिलो पटक सबमरीन ड्रोन’को प्रयोग गरि पानीमुनी मान्छे खोज्ने काम हुने भएको छ ।

‘सबमरीन ड्रोन’ अत्याधुनिक टर्च लाईट बालेर पानीमुनी ५० मिटर गहिराईसम्म गएर खोज्न सक्ने उपकरण भएको हुनाले यसलाई प्रयोग गरिने भएको गाउँपालिकाको प्रबक्ता ल्हाक्पा छिरी शेर्पाले जनाकारी दिनुभयो । नेपालमा नपाईने उपकरण सिङगापुरमा किनेर ‘सबमरीन ड्रोन’ मंगलवार नेपाल ल्याएको हो ।

बेपत्ता विद्यार्थी खोज्न पासाङ ग्याल्जेन शेर्पा, तेञ्जिङ शेर्पा र पासाङ शेर्पाले लगातार दुई दिन प्रयास पश्चात सिङगापुरबाट किनेर ल्याएका हुन् । ड्रोन किन्न गाउँपालिकाको आन्तरिक स्रोतबाट रकम खर्च गरिने भएको छ । गाउँपालिकाले यस अघि सशस्त्र प्रहरी बलको गोताखोर टोलीलाई पनि गाउँपालिकाले नै प्रक्रिया अघि बढाएको थियो ।

गाउँपालिकाले यस अघि सशस्त्र प्रहरी बलको गोताखोर टोलीलाई पनि गाउँपालिकाले नै प्रक्रिया अघि बढाएको थियो ।

अत्याधुनिक ‘सबमरीन ड्रोन’लाई चलाउनका लागि नेपाली सेना, सशस्त्र अथवा नेपाल प्रहरीमध्ये एकलाई आवश्यकीय तालिम दिई बेपत्ता विद्यार्थी खोज्न गोक्यो हिमतालमा लगिने गाउँपालिकाका अध्यक्ष ङिमा दोर्जी शेर्पाले जनाकारी दिनु भयो । यदि ‘सबमरीन ड्रोन’ले हिमतालमा बेपत्ता विद्यार्थी भेट्टायो भने सशस्त्र प्रहरी बलको गोताखोर टोलीलाई लगेर शब निकाल्ने छ ।

गत साउन १९ गते बिहान पौडी खेल्ने क्रममा खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ का ३ विद्यार्थी गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता हुनेमध्ये पेम्बानुर्बु शेर्पाको शव ५ दिनपछि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले हिमतालबाट निकालेको थियो भने पेम्बादोर्जे शेर्पा र सुमन बराईलीको शवलाई निकाल्न नसकिएको प्रबक्ता शेर्पाले जनाकारी दिनु भयो । गाउँपालिकामा पर्ने गोक्यो हिमताललाई प्रवित्र तिर्थस्थलको रुपमा पूजा गर्दै आई रहेको थियो ।

प्रतिक्रिया