बिराटनगरपालिकामा बालमैत्री सिकाई केन्द्र बन्ने 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२४ साउन २०७४, मङ्गलवार

 बिराटनगर महानगरपालिकाले अर्थपूर्ण बाल सहभागिताका लागि बिशेष अभियान सुरु गर्ने भएको छ । बिराटनगर महानगरपालिकाका प्रमूख भीम पराजुलीले मीरेष्ट नेपालद्वारा बालभेला सम्बन्धी बृत्तचित्र प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिनु भएको हो । 

‘केही दिन भित्रै नगर सभा हुँदैछ, नगरसभामा बालबालिका सम्बन्धी योजना तर्जमा गर्न बिशेष बालभेला आयोजना गर्ने छौ ।’ नगरप्रमूख पराजुलीले भने— बालमैत्री नगर बिराटनगरमा नमूना बाल अधिकार हुने छ । 

केही दिन भित्रै नगर सभा हुँदैछ, नगरसभामा बालबालिका सम्बन्धी योजना तर्जमा गर्न बिशेष बालभेला आयोजना गर्ने छौ ।’ नगरप्रमूख पराजुलीले भने— बालमैत्री नगर बिराटनगरमा नमूना बाल अधिकार हुने छ । 

बालअधिकार हनन् हुन नदिन महानगरको सकारात्मक कार्यक्रम ल्याउने तयारीभएको पनि उनले जानकारी दिए । बाल क्लबहरुलाई सक्रिय बनाएर अन्य सामाजिक रुपान्तरणका क्रियाकलापहरु अगाडि बढाउने पराजुलीको सोच थियो । महानगरमा बाल अधिकारको बिषय मात्र नभएर समस्यालाई समस्या सुनाउने थलो मात्र बालभेला हुनु हुदैन भन्दै महानगर प्रमूख पाजुलीले समाधानका उपाय पनि खोज्नु पर्ने बताए । 

यस अघि मीरेष्ट नेपालका तर्फबाट बोल्दै पत्रकार कुमार यात्रुले बिराटनगरलाई बालमैत्री सिकाई केन्द्रका रुपमा विकास गर्न सुझाब दिएका थिए । कार्यक्रममा संयुक्त टोल संगठनका संयोजक राजेश मास्केले बालमैत्री नगर भित्रका समस्या प्रस्तुत गर्दै बालमैत्री घोषणा व्यबहारमा परिबर्तन गर्नु पर्ने धारणा राखेका थिए । बालबालिकाका तर्फबाट लाड्ली खातुन र इद मोहमदले बालबालिकाका समस्या सुनाएका थिए । 

बालअधिकार हनन् हुन नदिन महानगरको सकारात्मक कार्यक्रम ल्याउने तयारीभएको पनि उनले जानकारी दिए ।

बालभेला सम्बन्धी अभ्यास समेटिएको बृत्तचित्र प्रदर्शनीमा महानगरका सामाजिक विकास शाखाका प्रमूख डिल्ल्ी धिमाल, जिल्ला शिक्षा कार्यलयका स्रोत व्यक्ति बिष्णु लामिछाने, बाल अधिकारकर्मी सरस्वाती गुरुङलगायतले बोलेका थिए । अन्तरक्रिया कार्यक्रममा बिराटनगर महानगरपालिकाका वडा अध्यषहरु, सदस्यहरु तथा शिषा, स्वास्थ्यलगायतका सरोकारवालाहरुको बाक्लो उपस्थिति थियो । 

प्रतिक्रिया