मगर खेलाडीहरुलाई मगर समाज सेवा समितिद्घारा सम्मान

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२२ फागुन २०७२, शनिवार
मगर खेलाडीहरुलाई मगर समाज सेवा समितिद्घारा सम्मान

भारतमा सम्पन्न १२ औं दक्षिण एशियाली खेलकूद अन्र्तगत उसु खेलमा नेपालको लागि पहिलो स्वर्णपदक विजेता निमा घर्तीमगरलाई मगर समाज सेवा समिति, टिकाथली ललितपुरले शनिवार नगदसहित सम्मान गरेको थियो । उनले उसु खेलको सवै राउण्डमा उत्कृष्ट भएर स्वर्णपदक जितेकी थिईन ।

त्यसैगरी उसुखेलमै रजतपदक विजेता युवराज थापा मगर, विजय सिंजाली मगर, विश्व वुढामगरको नगदसहित सम्मान गरेको थियो । साथै सन् १९९९ मा काठमाडौंमा सम्पन्न ८ औं दक्षिण एशियाली खेलकूद अन्र्तगत बक्सीङ खेलमा स्वर्ण पदक दिलाउने दाजुभाई प्रकाश थापा मगर र रामचन्द्र मगरलाई पनि सम्मान गरेको थियो ।

खेलाडीहरुलाई सम्मानपत्र प्रदान गर्दै सभामुख ओन्सरी घर्तीमगरले टिकाथलीका मगरहरुले राष्ट्रको नाम उच्च राख्न मद्घतपुराएको तर राज्यले उनीहरुमाथी अहिले सम्म उचित सम्मानको साथै ध्यान नदिएको दुखेसो पोख्दै आफ्नो तर्फबाट खेलाडीहरुको सम्मानको लागि सक्दो सहयोग पुराउने बताए ।

प्रतिक्रिया