उपत्यकामा परम्परागत कुम्हाल प्रजापति वस्तीहरू

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२७ पुष २०७२, सोमवार
उपत्यकामा परम्परागत कुम्हाल प्रजापति वस्तीहरू


पदम श्रेष्ठ

          एक कथन अनुसार राजा पृथ्वीनारायण शाहका सेना टंगाल पुग्दा त्यहा“ माटाका धेरै भा“डाकु“डा, हा“डी बनाएर सुकाएका देखेछन् र गाउ“को नाउ“ नै हा“डीगाउ“ भनी पुकार्न थालेछन् । त्यसभन्दा अगाडि हा“डीगाउ“को वास्तविक नाउ“ नरःदे भनिन्थ्यो । हाल हा“डीगाउ“का प्रजापतिहरू ज्यापुमै समाहित भैसकेका छन् । काठमाडौं महानगरपालिकाभित्र ज्याठा, भेडासिंह, मध्यपुरको चपाचो, पाटनको च्यासल र भक्तपुरको नासमना, बनेपा पनौतीमा कुम्हा प्रजापतिहरूको नेतृत्वदायी बस्ती रहेका छन् ।

कुम्हाः प्रजापति र ऐतिहासिकता

          प्रजापति समाजका अध्यक्ष गणेशराम लाछी भारतमा मात्र ६ करोड प्रजापति कुम्हालेको जनसंख्या रहेका बताउँछन् । ईशापूर्व ५ हजार वर्षको सिन्धु उपत्यका सभ्यतास“गै माटाका भा“डाकुडा बनाउने काम शुरू भएको बताइन्छ । नेपालमा तीन नश्लका कुम्हाल रहेका छन् । नेवार कुमाल प्रजापति, थारू कुमाल र पहाडी कुम्हाल ।

          यी तिनै कुम्हालमध्ये काठमाडौं उपत्यका भक्तपुरका एक समूह नेवाः कुम्हालहरू आफ्नो वंशज सिम्रौनगढबाट राजा हरिसिंहदेवका साथ नेपाल उपत्यका प्रवेश गरेको बताउ“छन् । आख्यान अनुसार सिम्रौनगढबाट नेपाल पस्दा बाटोको वीच जंगलमा नै हराएछन् । बाटो हराएपछि सिर्जनाका प्रतीक विश्वकर्माको पूजा गरेपछि बाटो फेला पारेछन् । यसै दिनको स्मरणमा आजसम्म पनि ती प्रजापति वंशजले भक्तपुरको बिस्केट जात्राको लिंगो ढाले लगत्तै निपर्सिको दिन ल“ पूजा अर्थात् बाटो पूजा गर्ने चाड मनाउ“दै आइरहेका छन् । ल“ पूजा नगरीकन उनीहरू दिगु पूजा देवाली समेत मनाउ“दैनन् । भक्तपुरका सबै प्रजापति एउटै कूलका होइनन् भन्ने कुरा कूलपूजा र लं पूजाले प्रमाणित गर्दछ ।

कुमा÷कुम्हाः कुम्हाल, कुमाल, कुलाल, कुमावत, रूद्रपाल, पण्डित, छत्रपाल, चक्रवर्ती, कुसावन, काश, महेतों, पाल, आदि उपथरमा विभक्त प्रजापतिहरू काठमाडौं उपत्यकामा मात्र ४० हजार बढी जनसंख्या छ 

          कुमा÷कुम्हाः कुम्हाल, कुमाल, कुलाल, कुमावत, रूद्रपाल, पण्डित, छत्रपाल, चक्रवर्ती, कुसावन, काश, महेतों, पाल, आदि उपथरमा विभक्त प्रजापतिहरू काठमाडौं उपत्यकामा मात्र ४० हजार बढी जनसंख्या छ ।

प्रजापतिको धर्म संस्कृति र पेशा

ब्रम्हाका वंशज विश्वकर्मालाई इष्ट देवता मान्ने नेवार प्रजापतिहरू बुद्ध धर्मावलम्बी हुन् । काठमाडौं र पाटनका प्रजापतिहरू पूर्ण रूपले ज्यापु समाजमा समाविष्ट भैसकेका छन् भने भक्तपुरका प्रजापतिहरूले आफूलाई छुट्टै समुदायका रूपमा स्थापित गरेका छन् । कुमालहरुको पेशा अहिले संकटमा छ ।


 

प्रतिक्रिया