भक्त र बुद्धलाई तामाङ मिडिया अवार्ड दिइने

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२९ साउन २०७२, शुक्रवार



काठमाडौ

तामाङ मिडिया अवार्ड २०७२ सिन्धुलीका भक्तबहादुर स्याङतान तामाङ तथा भोजपुरका बुद्धप्रसाद तामाङलाई दिइने भएको छ । भक्तबहादुर रेडियो नमोबुद्ध काभ्रेका स्टेशन म्यानेजर हुन् भने  बुद्धप्रसाद सिलिचुङ साप्ताहिक, औजार दैनिक, धरान÷सगरमाथा टेलिभिजनमा सम्बाददाता छन् ।

तामाङ सञ्चारकर्मीहरुको एक मात्र साझा संगठन तामाङ सञ्चार समूहको १६ वटा जिल्ला शाखामार्फत् प्राप्त सिफारिस मध्येबाट उक्त नाम छनौट गरिएको हो । २०५१ भदौ १ गतेका दिन रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको थियो । यो नै विद्युतीय सञ्चारमा तामाङ भाषाले प्रवेश पाएको पहिलो अवसर भएकोले सोही दिन तामाङ प्रसारण दिवस समूह मनाउँदै आएको छ ।

  सञ्चार क्षेत्रमा क्रियाशील तामाङ सञ्चारकर्मीहरुलाई प्रोत्साहित गर्ने तथा तामाङ भाषा, संस्कृति, पहिचानको संरक्षण र सम्वद्र्धनमा पु¥याएको योगदानको कदर गर्ने उद्धेश्यले प्रत्येक वर्ष दुईजना तामाङ सञ्चारकर्मीलाई ‘तामाङ मिडिया अवार्ड’ प्रदान गर्दै आएको छ । उक्त अवार्ड आगामी भदौ १ गते तामाङ प्रसारण दिवसको अवसरमा तमू बौद्ध सेवा समितिको सभा हल, अनामनगरमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिने छ ।

प्रतिक्रिया