काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसनले गुरुङ र मगर भाषामा उच्चशिक्षा अध्ययनका लागि पाठ्यक्रम निर्माण र कक्षा सञ्चालनगराउने गरी तयारी अघि बढाएको छ।
मातृभाषाको पाठ्यक्रम निर्माणमा सम्बन्धित भाषिक समुदाय तथा विज्ञहरूसँगराय परामर्स लिनका लागि सोमबार एक परामर्स कार्यक्रम सम्पन्न भएको छ ।
परामर्स कार्यक्रममा संस्कृतिविद् बमकुमारी बुढामगरले नेपालमा मगरजातिको भाषा भौगौलिक रुपमा फरक भएपनि त्यसलाई संयोजन गरि शिक्षा प्रदान गर्नु पर्नेमा जोडदिनु भयो ।
राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले आफु ५३ वर्षदेखि आदिवासी जनजाति आन्दोलनमा लागेकोमा भाषा, संस्कृित झनै महत्वपूर्णभएको बताउनु हुँदै पाठेयक्रममा मगर आदिवासीको इतिहास र संस्कृतिलाई समावेश गर्न अनुरोध गर्नू भयो ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संयुक्त राष्ट्रसंघले सनु २०२२ देखि ३२ सम्मलाई आदिवासी भाषा दशक घोषणा गरेको बताउनु हुँदै काठमाडौं बिश्वविद्यालयले भाषाको सम्मन गर्ने र शिक्षामा प्राथामिकता दिने कार्यको शुरुवात गरेकोमा प्रसन्नता व्यक्त गर्नू भयो ।
मातृभाषाको पाठ्यक्रम निर्माणमा सम्बन्धित भाषिक समुदाय तथा विज्ञहरूसँगराय परामर्स लिनका लागि सोमबार एक परामर्स कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिनिधि सभाका सदस्य रेणुका काउछा मगरले पुर्खाका ज्ञान पुस्तान्तरण गर्ने विषयमा भाषाको महत्व भएकाले त्यो कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।
मगरले भाषा नजाने पनि साँस्कृति मानेको हुन्छ । मगर भाषा जाने पछि रोजगारसँग पनि जोड्नु पर्ने बताउनु भयो ।
परामर्श बैठकमा काठमाडौं विश्वविद्यालयका भाषा विज्ञान विभागका संयोजक प्राध्यापक हेमराज काफ्लेले नेपाल मगर संघको सहकार्यमा मगर भाषा, संस्कृति विषयमा अध्ययन गरेपछि विद्यार्थीले शुल्क छैन भनेर फर्कनु नपर्ने वातावरण बनाउन परामर्श बैठकको आयोजना गरेको बताउनु भयो ।\
काठमाडौं विश्वविद्यालयका कायक्रम संयोजक जयराज अवस्थीले देशको लागि सबै कुुरा पैसामा मात्र दाज्ने नहुने बताउँदै आदिवासी जनजातिका भाषा, संस्कृतिलाई पाठ्यक्रममा समावेश गरेर अध्ययन अध्यापन गराउन सके देशको पहिचानलाई जीवन्त बनाउन सक्नेभन्दै विश्व विद्यालयमा मातृभाषालाई सामाजिक दायित्वको रुपमा लिएको उल्लेख गर्नु भयो ।
छलफलमा सुनसरी गाउँपालिकाका अध्यक्ष धनबहादर पुन मगर, गोर्खा गु्रपका अध्यक्ष नवल घर्ती मगर, नेपाल मगर संघका अध्यक्ष रक्षा बहादुर रैका मगर, पूर्व उप–सभामुख इन्दिरा राना मगर, लगायत बोल्नु भएको थियो ।
स्कुल अफ एजुकेसनअन्तर्गत भाषा शिक्षण विभागले मातृभाषामा दक्ष शिक्षक, भाषिक विज्ञ, प्रशिक्षक, अनुवादक तथा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न मातृभाषामा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
विश्वविद्यालयले यसअघि तामाङ, नेपालभाषा, याक्थुङ (लिम्बू) र मैथिली भाषामा एकवर्षे पोस्ट–ग्राजुएट डिप्लोमा इन एजुकेसन तहका कार्यक्रम सञ्चालन गरेको छ। काठमाडौं विश्वविद्यालयले तामाङ र नेपालभाषाको कार्यक्रम अघिल्लो वर्षदेखि सञ्चालन गरेको र मैथिली तथा लिम्बू भाषामा समेत कार्यक्रम विस्तार गरेको विवरण सार्वजनिक गरेको छ।
अब गुरुङ र मगर भाषामा पनि कार्यक्रम सञ्चालनका लागि पाठ्यक्रम विकास गर्ने प्रक्रिया अघि बढाइएको विश्वविद्यालयले जनाएको छ । यसका लागि सम्बन्धित मातृभाषी समुदायका आधिकारिक सामाजिक संस्था, विज्ञ तथा सरोकारवालासँग परामर्श गरी पाठ्यक्रम निर्माण तथा व्यावहारिक कक्षा सञ्चालनको तयारी गरिने जनाइएको हो ।
मगरहरुले गण्डकी क्षेत्र मगर ढुट, राप्ती क्षेत्रमा खामपाङ (खाम)। हुम्ला, डोल्पामा काइके मगर भाषाका वक्ता रहेका छन् ।









