सरला चौधरी

सरला चौधरी इन्डिजिनियस टेलिभिजनमा आवद्ध क्रियाशील पत्रकार हुनुहुन्छ। उहाँ विशेषगरी आदिवासी जनजातिहरूका अधिकार, सवाल, परम्परागत ज्ञान र पहिचानका पक्षमा गहिरो दख्खल राख्दै सशक्त रिपोर्टिङ गर्नुहुन्छ। आवाजविहीन समुदायका मुद्दाहरूलाई सञ्चारमाध्यममार्फत उजागर गर्न र उनीहरूको अधिकार स्थापित गराउन उहाँको पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।