भाषा आयोगका सदस्य, तथा साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार निधन भएको छ । उहाँको बुधबार नेवारी परम्परा अनुसार काठमाडौँको इन्द्रयणी घाटमा दहासंस्कार गरिएको छ ।
सोमबार साँझ हृदयघातका कारण निधन भएको हो । अकस्मात हृदयघात भएपछि उहँलाई महाराजगञ्जस्थित मनमोहन कार्डियाक सेन्टर, शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पु¥याएको केही समयपछि नै चिकित्सकहरूलेमृत घोषित गरेका थिए ।
मानन्धर लामो समयदेखि पत्रकारिता, साहित्य तथा नेपालभाषा आन्दोलनमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले ‘इनाप’ साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएको थियो । पछि ‘विश्वभूमि’ दैनिकबाट पूर्णकालीन पत्रकारका रूपमा काम गरेका उहाँले सन्ध्या टाइम्स दैनिक र त्यसपछि नेपालभाषा टाइम्स दैनिकमा सम्पादक भएर काम गरिसक्नुभएको छ ।
त्यसैगरी ‘अप्सरा’ फिल्म म्यागेजिन, ‘कोशल्वहं’ कविता त्रैमासिक पत्रिका तथा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने ‘थाय्भु’ लगायतका पत्रपत्रिकाको सम्पादक मण्डलमा रहेर पनि उहाँले योगदान दिनुभएको थियो ।
मानन्धरको ‘थौं घन्टाघरं जिके ई न्यनाच्वन’ (आधुनिक कविता सङ्ग्रह) र ‘पद्मरत्न तुलाधर’ (मानव अधिकारवादी पद्मरत्न तुलाधरको जीवनी) प्रकाशित कृतिहरू छन । त्यस्तै, ‘२०४६ साल जनआन्दोलनय् विश्वभूमि न्हिपौया भूमिका’ शीर्षकको सोधपत्र पनिे प्रकाशित छन्। डा. अजयक्रान्ति शाक्य र सन्ध्या बज्राचार्यसँग मिलेर उहाँले ‘इन्द्रजात्रा’ र ‘येँयाः’ पुस्तक पनि लेखेका छन् ।
उहाँका श्रीमती र दुई छोरा छन ।








