चर्चित गायक कृष्ण भक्त राई र गायिका सुनिता थेगिमको नयाँ गीत “हेलो कान्छी हाई हाइ” युट्युवमा सार्वजनिक भएको छ। ‘रेन्बो वेभ’द्वारा निर्मित यस गीतमा जीत लिम्बूले शब्द र संगीत संयोजन गरेका छन् भने कृष्ण भक्त राईले संगीत संयोजन गरेको छ।
गीतमा मेघराज लुङ्गेली मगरले मादल र नगेन्द्र राईले बाँसुरीको धुन भरेका छन्। अडियो रेकर्डिङ शङ्कर डिजिटल स्टुडियोमा सागर पुनले गरेका छन् भने अडियो मिक्सिङ कुमार सानू पुनले गरेको छ।
उक्त म्युजिक भिडियो निर्देशन प्रकाश लिम्बूले गरेका हुन् । दिनेश लिम्बूले कोरियोग्राफी गरेको भिडियोमा सोनिया लिम्बू र निर्विक राईको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन राम कुमार केसीले गरेका छन् भने सम्पादन र कलर टेकेन्द्र शाहले गरेका छन्। कला निर्देशन मणिक लामाले र मेकअप यामुना पाण्डे यसैगरि निर्माण व्यवस्थापन राजू श्रेष्ठले रहेका छन।
गीतमा प्रेमिल भावनालाई गीतको लयसँग मिलाएर प्रस्तुत गरिएको छ। उत्कृष्ट गायन, प्रभावकारी संगीत संयोजन र प्राविधिक टिमको मेहनतले बनेको भिडियोले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।








