प्रा.डा. कृष्ण हाछेथु

डा. कृष्ण हाछेथु नेपालका एक प्रख्यात राजनीतिशास्त्री हुनुहुन्छ । उहाँ त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको प्रध्यापक हुनुहुन्छ । वेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय अन्र्तगतको वाल्फसन कलेजको ‘भिजिटिङ स्कलर’ समेत हुनभएका हाछेथु श्रीलंकाको सन् १९९३ को निर्वाचन परिवेक्षक र दक्षिण अफ्रिकाको सन् १९९४ मा भएको निर्वाचनको संयुक्तराष्ट्र संघीय टोलिबाट निर्वाचन परिवेक्षक हुनुहुभएको थियो । उहाँले नेपाल र दक्षिण एशियाको राजनीति र सरकारको विषयमा वृहत अध्ययान  अनुसन्धान गर्नु भएको छ भने धेरै पुस्तकहरु लेखन र सम्पादन समेत गर्नु भएको छ । नेपालमा राजनीतिकपार्टी निर्माण र संस्थागत विकास, नेपाली कङग्रेस र एमालेको तुलानात्मक अध्ययान आदि उहाँका एकदमै चर्चित पुस्तकहरु हुन । यसबाहेक उहाँले धेरै पुस्तकमा अफ्नो लेखहरु योगदान गर्नुभएको छ ।  यसैगरी उहाँले धेरै वौदिक जर्नल अर्टिकलहरु प्रकाशनका साथै विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सभासम्मेलनहरुमा कार्यपत्रहरु प्रस्तुत समेत गर्नुभएको छ ।