मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रलाई नेपालका २० विभिन्न आदिवासी जनजातिहरूको मातृभाषामा अनुवाद गरी दोस्रो भाग पुस्तीका प्रकाशन गर्न पाउँदा हामीलाई खुशी लागेको छ । पहिलो भागमा हामीले २१ वटा विभिन्न आदिवासी जनजातिहरूको मातृभाषामा अनुबाद गरी प्रकाशन गरेका थियौं । संयुक्त राष्ट्रसंघको महासभाद्धारा सन् १० डिसेम्बर १९४८ मा पारित गरेको यो घोषणापत्र संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रको नाताले नेपालको पनि प्रतिबद्ध रहेको कुरा सरकारले विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय फोरमहरूमा व्यक्त गर्दै आएको पनि छ । संयुक्त राष्ट्रसंघले जारी गरेको यो विश्वव्यापी घोषणापत्रमा के कस्ता अधिकारहरू समावेश छन् ? भन्ने कुरा सदिर्यौदेखि राजीनीतिक, आर्थिक, शैक्षिक, सामाजिक, साँस्कृतिक लगायत विभिन्न क्षेत्रबाट पछाडि पारिएका आदिवासी जनजातिहरूमा पछाडि पारिएका आदिवासी जनजातिहरूमा यो कुरा जानकारी नहुनु कुनै अनौठो भएन । त्यसकारण ईन्डिजिनियस मिडिया फाउन्डेसनले नेपालका आदिवासी जनजातीहरूलाई उनीहरूकै मातृभाषामा सरलभन्दा सरल ढंगले उल्थागरी पुस्तकको रुपमा प्रकाशन गर्ने र वढीभन्दावढी जनसमुदायलाई आफ्नो अधिकारप्रति सचेत गराउने उदेस्य सहित यो जमर्को गरेको हो । यस कार्यले केही हदसम्म आदिवासी जनजातिहरूले विश्वव्यापी मानव अधिकार सम्बन्धी सचेत हुनेछन् भन्ने विश्वास लिइएको छ । साथै आशा छ, यो प्रशासनले आदिवासी जनजातिको हकअधिकारसँग सम्बन्धित विभिन्न विषयमा बहस, जनपैरबी जस्ता काममा सहयोग गर्दछ ।
- लेखक: देव कुमार सुनुवार
- प्रकाशित: 2015