डा. चैतन्य सुब्बा

डा. चैतन्य सुब्बा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य हुनुहुन्छ । श्रीलंकाबाट समाजशास्त्र विषयमा विद्यावारिधी गर्नु भएका डा. सुब्बा सामाजीक समावेशीकरण र मानव विकास विज्ञ तथा प्रमुख कन्सल्टेन्टको रुपमा काम गर्दै आउनु भएको छ, भने युएनडिपी, आईएलओ, अमेरिकी विकास नियोग, वेलायत विकास नियोग लगायतका अन्तराष्ट्रिय संघसंस्थाहरुमा वरिष्ठ अनुसन्धानकर्ताको रुपमा काम गर्नुभएको छ । त्यसैगरी आदिवासी जनजातिहरुको राजनीतिक, आर्थिक, सामाजिक, संस्किृतिक  हकअधिकारका अलवा भाषा संरक्षण तथा आर्थिक विकासका क्षेत्रमा गएको दुईदशकदेखि काम गर्दै आउनुभएको छ र आदिवासी अधिकारकर्मीको रुपमा परिचित हुनुहुन्छ । उहाँले आदिवासी जनजनजातिहरुको मुद्धा र सवालको सम्बन्धमा धेरै लेख रचना लेख्नुको अलवा जर्नल तथा पुस्तकहरु प्रकाशन गर्नुभएको छ ।