को हुन् उराँव(कुडुख) जाति ?

उराँव जातिको परिचय
तराई क्षेत्रमा बसोबास गर्ने उराँव आदिवासी जनजातिलाई नेपाल सरकारको ऐन (कानुन) २०४७ र अन्तरिम संविधान २०६३ मा झाँगड÷धाँगड जाति भनेर नाम राखेका छन् । यिनीहरूलाई अन्य अर्थात् बाहुन, मधेशी र त्यस्तै अरु जातिहरूले झाँगड÷धाँगड भनेर चिन्ने गरेका छन् । यिनीहरूले अन्य जातिलाई उराँव÷कुड़ुखÞ जाति भनेर चिनाउँछन् । उराँव÷कुड़ुखÞहरूले आफूलाई उराँव÷कुड़ुखÞ भनेर  परिचय दिन्छन् र  चिनाउँछन् ।

मुख्य बसोबास र भाषिक क्षेत्र
नेपालको तराई क्षेत्रमा बसोबास गर्ने उराँव÷कुड़ुखÞ मुख्य रूपमा इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, ललितपुर, काठमाडौं, कपिलवस्तु ,महेन्द्रनगर र कञ्चनपुर जिल्लामा रहेको भेटिन्छन् । यस जातिको बसोबास सुनसरी जिल्लाको इनरुवा, भोक्राहा, नरसिंह, पश्चिम कुसाहा, लौकही, प्रकाशपुर, मधुवन, महेन्द्रनगर, भा.सि.(झुम्का), मधेसा, बबिया, जल्पापुर, गौतमपुर, देवानगंज, कप्तानगंज, सत्तेरझोडा, छिटाहा, तनमुना, सिमरिया, भलुवा, दुहबी, पूर्व कुसाहा, औरावनी, अमाहीबेला, महेन्द्रनगर, भरोल, चाँदबेला, छिटाहा, चिमडी, घुुसकी, डुम्राहा, हरिनगरा, खनार, मध्येहर्साही, पकली, रामनगर बेलगछिया, रामनगर भुटाहा, सिंगिया, सोनापुर, धरान न.पा. आदिमा रहेको छ ।

यस्तै मोरङ जिल्लाको विराटनगर उपमहानगरपालिका, बवियाबिर्ता, बेलबारी, उर्लाबारी, इन्द्रपुर, कमलपुर, तकिया, गछिया, गोविन्दपुर, सुन्दरपुर, केराबारी, रंगेली, बनिगामा, कसेनी, होक्लाबारी, कटहरी, बाहुनी, टंकीनिवारी, झोराहाट, दर्बेसा, हसन्दह, बयरवन आदि गाविसमा रहेको छ । झापा जिल्लाको दमक, मेचीनगर, केचना, टांगनडुब्बा आदिमा पनि रहेको छ । त्यस्तै, अन्य जिल्लामा पनि बसोबास गरेको भेटिन्छन् । यिनीहरू चियाबगानको गल्लीगल्लीमा बसोबास गर्छन् । सिरहा जिल्लाको राजपुर, महनौर, भगवानपुरमा यस जातिको बसोबास रहेको छ  । त्यस्तै, बारा र  पर्सा जिल्लामा सियरही, बंकुल, डुमरबाना, मधुबन मथोल, बेलहा, कटनेगना, सिद्यपुरमा पनि उराँवहरू भेटिन्छन् ।

उराँवहरूको जनसंंख्या तथा भाषिक वक्ता
राष्ट्रिय जनगणना २०६८ (सन् २०११)को तथ्याङ्कमा उराँवको जनसङ्ख्या दुई ठाउँमा राखेर देखाइएको छ । एक ठाउँमा झाँगड÷धाँगर भनेर उराँवको जनसङ्ख्या ३७,४२४ देखाइएको छ । त्यसअनुसार पुरुषको जनसङ्ख्या १८,१२३ र महिलाको जनसङ्ख्या १९,३०१ छ । अर्को ठाउँमा धाँन्कर÷धाँरीकर भनेर उराँवको जनसङ्ख्या २,६८१ देखाएको छ  ।
उराँव÷कुड़ुखÞ भाषा द्रविड परिवारको भाषाभित्र पदर्छ । नेपालमा द्रविड परिवारको भाषा बोल्ने एउटा मात्र जाति उराँव रहेको छ । यिनीहरूलाई उराँव÷कुड़ुखÞ÷झाँगड भन्छन् । नेपालमा उराँव÷कुडुÞखÞ भाषा बोल्ने वक्ताहरूको जनसङ्ख्या राष्ट्रिय जनगणना २०६८ (सन् २०११) अनुसार ३३,६५१ रहेको छ । उराँव÷कुडुÞखÞ भाषा बोल्ने वक्ताहरूको सङ्ख्या राष्ट्रिय जनगणना वि.स. २००९–११ मा ४,८३२ देखाएको छ । वि.स. २०१८ मा ९,१४० र वि.स. २०४८ मा १५,१७५ देखाइएको छ । उराँव जातिका मातृभाषामा कक्षा १ र २ मा सुनसरी जिल्लाको शारदा प्राथमिक विद्यालय तनमुनामा अध्यापन गरिन्छ । कोशी एफएम तथा पोपुलर एफएममा केही वर्षअघि यस भाषामा कार्यक्रम सञ्चालन हुन्थ्यो । गोरखापत्र दैनिकमा महिनाको दुई दिन समाचार प्रकाशन हुन्छ । उराँव जातिको बारेमा मातृभाषा तथा अन्य भाषामा पुस्तक पनि प्रकाशित भएका छन् । उराँवहरू नेपालबाहेक भारत, बंगलादेश र भुटानमा बसोबास गरेको पाइन्छ । यिनीहरूको सबैभन्दा बढी जनसङ्ख्या भारतको झारखण्ड, बिहार, असाम, छत्तिसगढ आदि राज्यमा पाइन्छन् ।