दक्षिण पुर्व एशियामा किरात भन्ने शव्द एउटा ठुलो मानव समुहलाई जनाउन प्रयोग हुदै आएको छ । यसको प्रयोग भर्खरै नभई ईसापुर्व १३/१४ औ शताव्दी अघिदेखि हुदै आएको छ । भुमध्यसागरिय क्षेत्रमा त्यस बखत खास मानव समुहलाई जनाउन यो शव्द प्रयोग भएता पनि भारतिय उपमहाद्धिपमा भने आर्यहरु यस भेगमा आउदा जम्काभेट भएका आफुभन्दा फरक मानव समुहलाई जनाउन प्रयोग भईआएको छ । विभिन्न बिद्धानहरुको यस किरात शव्द, सभ्यता र मानव समुहबारे आ–आफ्नै रायहरु रहेका छन् । यसैले, किरातबारे हिजो पनि बहस थियो भने आज पनि बहस भई नै रहेको छ । यस्तो बहस भएता पनि किरातहरुले नेपाल खाल्डोमा ३२–३४ पुस्ता शासन गरेको कुरा अभिलेख र तथ्यहरुले प्रमाणीत गरेकोले त्यो सर्व स्विकार्य रहेको छ त्यसमा बहस गर्नु भनेको अज्ञानता हो भन्ने बिचार पनि रहेको छ । नेपालमा नेवार, राई, लिम्बु, सुनुवार, याख्खा लगायतका मानव समुहहरु किरात हुन भन्ने आम मानिसको बुझाई रहेको छ र ति मानव समुहको हामी किरातसंग सम्बन्धित छौ भन्ने दावी पनि रहेको छ ।
किरात शव्दबारे केहि असमझदारी
पहिचान र मौलिक्ताको आन्दोलन चले पछि नेपालमा धेरै बिषयहरुमा बहस भईरहेको छ यद्यपी पहिचान र मौलिक्ता एउटै कुरा नभएर बिलकुल फरक कुरा हुन । पहिचानले ईतिहासको कालखण्डमा बनाएको र निर्माण गरेको अस्तित्व र सभ्यतालाई कायम राख्ने कुरा गर्दछ भने मौलिक्ताले उत्पतिको विन्दु (Point of origin) तिर लैजान्छ । यसैले, मौलिक्ताले ईतिहासको कालखण्डमा बनाएको अस्तित्व र सभ्यतालाई धेरै मान्दैन ।
यतिखेर लिम्बु मानव समुह भित्र आफुलाई बौधिक ठान्ने केही मानिसहरु किरात शव्द र किरातले गर्ने प्रतिनिधीत्वको सम्बन्धमा औला ठड्याई रहेका छन् । यसैले, लिम्बु मानव समुहमा किरात शव्दबारे केहि असमझदारी उत्पन्न भएको छ । यसमा खासगरि लिम्बु मानव समुह किरात होईन र हो भन्नेमा असमझदारी उत्पन्न भएको छ । लिम्बु भनेका किरात होईनन भन्ने तर्कमा आध्यात्मीक दर्शन मुन्धुमलाई आधार बनाएको देखिन्छ । मुन्धुममा याक्थुङहाङ सावायेहाङसा भन्ने शव्द भने आउछ । यसथर्, याक्थुङ मानव समुह किरात तथा लिम्बु मानव समुह होईन र त्यस भित्र पर्दैन भन्ने एउटा तर्क पेश गरिने गरिएको छ ।
लिम्बु तथा याक्थुङ मानव समुह किरात मानव समुहमा पर्दछ भन्नेहरुले मुन्धुममा किरात शव्द नआउनुको कारण सृष्टि मुन्धुमलाई छोडेर प्रायजसो मुन्धुम किरातहरुको राज्य टुटेको लगभग हजारौ बर्ष पछि निर्माण भएकोले उक्त मुन्धुममा किरात शव्द नपर्नु स्वभाविक हो । मुन्धुममा किरात भन्ने शव्द आउदैन भन्ने ठिकै हो । किरात मात्र होईन लिम्बु भन्ने शव्द पनि आउदैन । त्यति मात्र होईन मानव समुहकोरुपमा जनाउने याक्थुङ शव्द पनि आउदैन । माङ यक्तुम्सा भन्ने शव्द र याक्थुङ भन्ने शव्द फरक फरक शव्द हुन भन्ने स्पष्ट छ । हजारौ बर्षको अन्तरालमा किरात मानव समुह खण्डीत भएर टुक्रे टुक्रे पहिचान बनाई सकेका थिए । हालको लिम्बु भनिएका मानव समुहको हकमा उनीहरुको तत्कालिनरुपमा रहेको त्यहि पहिचान खाम्बोङसा लुम्बोङसा, सावायेतहाङसा, सिन्युक मुदेनसा र तेमेनसा अनि पछिल्लो पहिचानकोरुपमा याक्थुङहाङ सावायेहाङसा जस्ता शव्दहरु मुन्धुममा परेको पाईन्छ । हरेक मुन्धुममा सबैभन्दा पहिलो मानव समुहकोरुपमा खाम्जीरि खाम्बोङसा लुङजीरि लुम्बोङसाको बर्णन आउछ । यसैले, चाहे सिन्युक मुदेनसा हुन या तेमेनसा हुन या सावायेत्हाङसा हुन् उनीहरु मर्दा लासलाई जमिनमा गाडन मुन्धुम अनुसार खाम्जीरि खाम्बोङसा लुङजीरि लुम्बोङसालाई पुकार्नु पर्ने र ठाउ माग्नु या किन्नु पर्ने हुन्छ ।
खासगरि लिम्बु मानव समुह किरात होईन र हो भन्नेमा असमझदारी उत्पन्न भएको छ । लिम्बु भनेका किरात होईनन भन्ने तर्कमा आध्यात्मीक दर्शन मुन्धुमलाई आधार बनाएको देखिन्छ ।
कतिपय मुन्धुमसावाहरुले मुन्धुमको हवाला दिएर माङजिरी माङ यक्तुम्सा (माङ अर्थात देउताका सन्तान) र खाम्बोङसा लुम्बोङसा फरक फरक मानव समुह थिए भने येहाङसा र सावायेतहाङसाहरु पनि फरक फरक समयका फरक फरक मानव समुह थिए भन्ने मत राखेको देखिन्छ । येहाङसा अलि अघिका र सावायेत्हाङसाहरु अलि पछिका हुन भन्ने बिचार रहेको छ । याक्थुङ अर्थात थिबोङ याक्थुङ सबैभन्दा पछाडी अर्थात भर्खरैको कुरा हो भन्ने मत छ । लुम्बोङबा तथा लिलिमहाङका सन्तानबाट लिम्बु भएकोले लुम्बोङबाकोरुपमा लिम्बुको पनि मुन्धुममा बर्णन प्रशस्तरुपमा आउछ । नेपाल खाल्डो लगायत विभिन्न ठाउमा शासन गर्ने तिनै किरातहरु नै ईस्वीको १ शताव्दीको आसपासमा आफ्नो राज्य शासन टुटे पछि विभिन्न रुटबाट स–साना समुह हाल खम्बुवान तथा लिम्बुवान भनिएको पुर्वी क्षेत्रमा पुगेर बसोबास गरे । तिनीहरु भन्दा पहिले त्यहा कुनै मानव समुह नभएकोले तिनीहरु नै खाम्जीरि खाम्बोङबा लुङजीरि लुम्बोङबा हुन पुगे । ति किरातहरु मध्ये एउटा समुह तामाकोशी र अरुण नदी वीचको भुभागमा बसोबास गर्दछन् भनेर गोपालराजबंशावलीले नै भनेको छ । सम्भवत सिन्युक मुदेनसा भनिएकाहरु पनि नेपाल खाल्डोबाट छरिएका एउटा समुह हुनै सक्दैन भन्ने छैन । यस्तो निश्कर्षमा पुग्न व्यापक अध्ययन तथा खोज हुन आवश्यक छ । तर लिम्बुहरुमा सिन्युक मुदेन भनेको चिन भोट भन्ने अर्थ भएकोले र ति समुहको मांगेन्ना मुन्धुम पनि माथी नै बाट आउने भएकाले यसलाई सावित गर्न धेरै तर्कहरुको जरुरत पर्दछ ।
यसैले, सत्यहाङमा भनिएकाले धर्मको नाम किरात राख्यो, हिन्दुकरण गर्यो र राजनीतिक हिसावले प्रदेशको नाम लिम्बुवान कि किरात भन्ने विवाद आयो भन्ने रिसले हामी किरात होईनौ भन्नु गलत हुन्छ । यसको मतलव किरातलाई बर्तमानमा हाम्रो पहिचान बनाउनु पर्छ भन्नु पनि उचित हुदैन । किरात सहित खाम्बोङसा लुम्बोङसा, सावायेतहाङसा, सिन्युक मुदेनसा र तेमेनसा भन्ने कुरा ईतिहास हो । मुन्धुमलाई लिम्बु / याक्थुङ ईतिहासको एक मात्र ईतिहासको आधार मानियो भने सहि र व्यवहारिक हुदैन । हामीले अन्य धेरै आधारहरु (पुरातत्व, बंशाणु विज्ञान, अन्यको ईतिहास, भाषा, संस्कृति, आध्यात्मीक विश्वास प्रणाली आदी) लाई ईतिहास पहिल्याउने आधारकोरुपमा लिनु पर्दछ । समाज र मानव विकास क्रममा हामी किरात, मंगोलोइड, खाम्बोङसा लुम्बोङसा, सिन्युक मदेनसा, तेमेनसा, सावायेतहाङसा, याक्थुङ हुदै लिम्बु ÷ याक्थुङ पहिचानमा आईपुगेका छौ । बर्तमानको हाम्रो पहिचान लिम्बु ÷ याक्थुङ हो जुन हिजैदेखि हामी एक शव्दको सट्टा अर्को (Interchangebly) शव्द प्रयोग गर्दै आएका छौ । यस यथार्थतालाई बुझ्न जरुरी छ । मौलिकता र मौलिक पहिचानतिर जाने हो भने किरात भन्दा अघि के थियौ भनेर खोज्नु पर्ने हुन्छ । खाम्बोङसा लुम्बोङसा र येहाङसा भन्दा अघि के थियौ र सावायतेहाङसा भन्दा अघि के थियौ भनेर खोज्नु पर्ने हुन्छ । अन्तमा हामी जंगल र गुफातिर पुग्छौ ।
कतिपयले नाम शव्दमा एक्जोनेम (Exo-name) र ईण्डोनेम (Endo-name) को कुरा गर्दछन् । नाम शव्द हामी आफैले राखेका हौ भनेर ठोकुवा गर्न सकिने स्थिति हुदैन । त्यसको भरमा फलाना शव्द मौलिक फलाना शव्द आयातित भनेर अर्थ लगाउन सकिन्न । बच्चाको नाम उ आफैले राख्दैन । जन्मे पछि उसको नाम कि त उसको आमा, फेदाङमा या पुरोहित या नजिकैको आफन्तहरुले राख्छन् । मानव समुहको नाम पनि त्यस्तै हो । स–साना समुह भएको बेला तिनीहरुलाई अर्को समुहले चरित्र र बिशेषताको आधारमा ति त यस्ता मानव समुह अर्थात मानिसहरु हुन भनेर भन्ने गर्दछन् । त्यहिबाट तिनको नाम पहिचान शुरु हुन्छ । त्यहि नामलाई ग्रहण गरे उक्त मानव समुहले हामी यो अर्थात फलाना हौ भन्ने गर्दछन् । लिम्बु बौधिक समुहमा भएको हालको विवादकै कुरा गर्दा पनि न लिम्बु शव्दको लिम्बु भाषामा अर्थ लाग्छ न त याक्थुङ शव्दको नै । तिनको व्याख्या विना लिम्बु ÷ याक्थुङ भाषामा सोझोरुपमा अर्थ लाग्दैन । ति दुई याक्थुङ र लिम्बु शव्दको अर्थ न त संस्कृतमा लाग्छ न नेपाली भनिएको खस भाषामा लाग्छ ।
यूमा मुन्धुममा आउने ‘लिम्बु चङ’ लाई कतिपयले अर्थ लगाउदा ’लिङबुङ चङ थाबासु‘ भनेर लिङ भनेको खर, बुङ भनेको खरको बोट, चङ खरको थुप्रो र थाबासु भनेको माटोकोरुपमा रहेको खरबाट निस्केको धमिरा भनेर अर्थ लगाए पनि त्यसले त्यहिको ढुंगा माटो, हावा पानीबाट विकास भएका जीवहरु भन्ने अर्थ दिन्छ ।
एउटा कुरा के हेक्का राख्नु पर्ने हुन्छ भने मुन्धुमले नै सबै कुराको निर्धारण गर्ने पनि होईन । यसले सामान्यरुपमा आधार मात्र दिन्छ । उदाहरणकोरुपमा यूमा मुन्धुममा आउने ‘लिम्बु चङ’ लाई कतिपयले अर्थ लगाउदा ’लिङबुङ चङ थाबासु‘ भनेर लिङ भनेको खर, बुङ भनेको खरको बोट, चङ खरको थुप्रो र थाबासु भनेको माटोकोरुपमा रहेको खरबाट निस्केको धमिरा भनेर अर्थ लगाए पनि त्यसले त्यहिको ढुंगा माटो, हावा पानीबाट विकास भएका जीवहरु भन्ने अर्थ दिन्छ । धमिराकैरुपमा प्रस्तुत गरिए पनि प्रतिकात्मकरुपमा त्यसको अर्थ खाम्बोङसा तथा लुम्बोङसा भन्ने अर्थ दिन सहयोग गर्दछ । मुन्धुममा यस्ता प्रतिकात्मकरुपमा बुझ्नु पर्ने कुराहरु अनगिन्ती छन् । सुहाम्फेबा र लाहादोङनाका १७ वटा सन्तान तोरीको दाना जस्तो गरि चाल्नामा राखेर चालेको, तल झरेका लाहादोङनाको भागमा र माथी रहेका सुहाम्फेबामाको भागमा परेको कुरा, बिचमा अड्कोकोलाई दुबैले तानातान गर्दा दुई चिरा परि मरेको र त्यसलाई दुईटैले हुईक्याएर फ्याकेकोबाट निग्रादेनमा टुनीको रुख उम्रेर अजङको रुख भएको, हावाबाट सन्सर्ग भएर गर्व बसेको आदी जस्ता मुन्धुमी कथनहरुलाई प्रतिकात्मकरुपमा बुझ्नु पर्ने हुन्छ । यसैले, सबै आध्यात्मिक दर्शन र विश्वासमा आउने कथा र बर्णनहरु यथार्थतामा आधारित हुदैनन् भने तिनलाई सोझोरुपमा बुझ्नु पनि हुन्न । तर्क र कम्जोर आधारको लागी भने त्यस्ता कथनलाई प्रयोग गर्न सकिन्छ । यस्ता आध्यात्मिक कथाहरु ९ःथतजययिनष्भक० लाई आर्केलोजी र विज्ञानले प्रमाणीत गर्नु पर्ने हुन्छ । आर्केलोजी र विज्ञानले प्रमाणीत गरेको कुरा देखि बाहेक आध्यात्मिक हिसावले प्रस्तुत गरिने आधार धेरै भर पर्दा हुदैनन् भनेर मानेमा यस्ता बिषय सम्बन्धमा टुंगोमा पुग्न सहज हुन्छ ।
वास्तविक्ता
किरात भन्ने शव्द भुमध्यसागरिय क्षेत्रबाट आएको हो भन्नेमा अव धेरै टाउको दुखाई रहनु पर्दैन । ईसापुर्व १३ औ शताव्दीमा हालको उत्तरपुर्वी जोर्डान क्षेत्रमा मोआव राज्य थियो । सो मोआव राज्यमा मोआवाईट भाषा बोलिन्थ्यो । मोआवाईट भाषामा ‘किरयात’ भनेको ‘शहर तथा दुर्ग’ भन्ने अर्थ लाग्दछ । ईसापुर्व ३/४ शताव्दीमा उक्त मोआव राज्यको अस्तित्वसंगै मोआवाईट भाषाको अस्तित्व पनि समाप्त भयो । सुरक्षाको हिसावबाट बाक्लै घरहरु एकै ठाउमा बनाएर बस्ने भएकोले ति मानव समुहलाई ‘किरयात’ भनिन्थ्यो । यहि दुर्ग तथा बसोबास क्षेत्र यककोरुपमा लिम्बुहरुको मुन्धुममा बेस्सरी जोडिएर आउछ । शायद त्यसै यक भन्ने शव्दबाट पछिल्लो समयमा याक्थुङ तथा यकथुम्बा शव्दको सिर्जना भयो होला भन्न सकिन्छ ।
जब आर्यहरु भारतिय उपमहाद्धिपमा आए त्यहा उनीहरुले आफु भन्दा फरक शाररिक संरचना भएका मानव समुहसंग जम्काभेट भयो । ति मानव समुहको बसोबास पनि गढ (यक) निर्माण गरि एकै ठाउमा बाक्लै घरहरु बनाएर बस्ने भएकोले आर्यहरुले ति मानव समुहलाई भुमध्यसागरिय क्षेत्रमा प्रयोग भएको शव्दलाई सापट लिएर किरयातबाट किरात भन्न पुगे । फेरी आर्यहरुको भारत आगमन रुट पनि त्यतैतिरबाट हो । पछिल्लो समयमा आर्य र ति मानव समुहको लडाई, झगडा र प्रतिस्पर्धा हुन थाले पछि आर्यहरुले तिनीहरु भन्दा आफु सर्वश्रेष्ठ, सभ्य र उच्च देखाउन किरात शव्द नै प्रयोग गरेता पनि तिनीहरुलाई गाली गर्न, निच देखाउन र असभ्य देखाउन किरातको अर्थलाई बदल्न गए । यसैले, सर्वप्रथम आर्यहरुको अथर्ववेद जो ईसापुर्व १२–११ शताव्दीको मानिन्छ त्यसमा किरातलाई विभिन्न हिसावले अथ्र्याउने कोशिस भएको देखिन्छ । ‘गुहाभ्य किरातगूँ’ (गुफामा बस्ने किरात), ‘किलकिलेति अव्ययशव्दायमाना अतन्ति किराता’ (अरुले नबुझ्ने भाषा बोल्ने किरात), ‘किरं पर्यत भूमिम् अततीति किरातः’ अर्थात सिमानामा बस्ने मानव समुह किरात लगायत विभिन्न कालखण्डमा निच, तल्लो जाति, म्लेच्छ लगायत फरक फरकरुपमा गालीको भाषामा अथ्र्याएको देखिन्छ । आर्यहरुले गोरो बर्ण चेप्टो अनुहार, नेप्टो नाक र चिम्सो आखा भएका जतिलाई किरात भने र कालो बर्ण भएकाहरुलाई दस्यु, राक्षस, असुर, दैत्य आदी नाम दिए । तिनै समुहलाई जनाउन मानवशास्त्री तथा समाजशास्त्रीहरुले हिमालवारीको किरातलाई मंगोलोईड मानव समुह र ड्राविडियन समुहलाई अष्ट्रोलोईड मानव समुहमा राखे । यो किरात भनिएको मंगोलोईड मानव समुह ईसा पुर्व ४/५ हजार बर्ष अघि नै गंगा–ब्रह्मापुत्र मैदानमा आएका थिए भन्ने कुरा अरुणाचल तथा खासी पहाडमा पाईएका ढुंगे हतियार लगायत सो क्षेत्रमा पाईएका अन्य पुरातात्विक बस्तुहरुले प्रमाणीत गर्न सहयोग गर्दछ ।
भारतिय उपमहाद्धिपमा आर्यहरु आउनु अघि ड्राभिडियन र मंगोलोईड मानव समुह नाम दिईएको किरात थिए भन्ने कुरा जेनेटिक विज्ञान र आर्केलोजीकल हिसावले प्रमाणीत भएको छ । सिन्धु सभ्यताका स्थानहरु राखीग्राही, फर्मना, हरप्पा लगायतका ठाउहरुमा भएको उत्खनन र त्यहा पाईएका मानव खप्पर तथा अस्थिपन्जरहरुको अध्ययनले त्यहा २ वटा मानव समुह – ड्राभिडियन र किरात (मंगोलोईड मानव समुह नाम दिईएको) मानव समुह रहेको देखाएको छ (Human Skeletal Remains from Ancient Burial Sites in India: With Special Reference to Harappan Civilization by Astha Dibyopama, Yong Jun Kim, Chang Seok Oh, Dong Hoon Shin, Vasant Shinde, 30 March 2015 हेर्नुहोस) । उक्त प्रमाणीकरणले गंगा–ब्रम्हापुत्र मैदान (तेमेन) र नेपाल उपत्यकामा ३२–३४ पुस्ता राज्य गर्ने किरात मानव समुहको उपस्थितिलाई प्रमाणीत गर्न सहज बनाएको छ । तिनै किरात समुहलाई आर्यहरुले पुर्वतिर धकेलेर ल्याए । ति धकेलिएका किरात मानव समुह कोही उत्तर कोही पुर्व त कोही दक्षिणतिर बिस्थापित भएको कुरा भारतिय ईतिहासमा उल्लेख भएको पाईन्छ । उत्तरतिर लागेका यहि समुहले ईसापुर्व १०/११ शताव्दीमा नेपाल खाल्डोमा शासन गर्न पुगे । यसले लिम्बु मानव समुह भित्रको तेमेनसा र खाम्बोङवा लुम्बोङवाहरु किरात भनिएको मानव समुहसंग जोडिन्छन भन्ने देखाउछ । यो कुरा उनीहरुको मांगेन्ना मुन्धुमले पनि बताउछ ।
जेनेटिकल्ली (बंशाणुगत हिसावले) उत्तर तथा उत्तरपुर्वी भारतमा मंगोलोईड नाम दिएका किरात समुह, तिव्वति मानव समुह, मंगोलियन, कोरियन र चिनीया लगायत पुर्वी एशियन मानव समुहहरुको जेनेटिक हाप्लोग्रुप D, C र O बाट नै बनेको छ । यो हाप्लोग्रुप K बाट म्युटेसन भएर D र D बाट म्युटेसन भएर C र O हाप्लोग्रुप बनेको हो । लिम्बु मानव समुहको जेनेटिक हाप्लोग्रुप C र O बाट नै बनेको छ । त्यो भन्दा फरक हाप्लोग्रुप होईन जस्तो कि ड्राभिडियन मानव समुहको हाप्लोग्रुप फरक रहेको छ । हाप्लोग्रुप K or K2 चाही चिनको टियनयुयन गुफामा भेटिएको मानव कंकालको जेनेटिक अध्ययनले सो टियनयुयन मानवमा उक्त हाप्लोगु्रप रहेको देखाएको छ । यो हाप्लोग्रुप भएका मानव समुह करिव ४० देखि ४२ हजार बर्ष पहिले त्यस क्षेत्रमा अस्तित्वमा थिए । सम्भवत यो K हाप्लोग्रुप भएको मानव मध्य उत्तर चिनको सिमा साईबेरियाबाट घुमन्ते युगमा त्यहा आएको हुन सक्छ ।
यस्तो सम्बन्धलाई सामाजिक–सांस्कृतिक तथा आध्यात्मिक विश्वास प्रणालीको सम्बन्धको आधारबाट पनि जिकीर गर्न सकिन्छ । एन्नेमिष्ट–सामानिजमको विकास साईबेरियामा करिव ३० हजार बर्ष पहिले भएको हो भन्ने अनुमान रहेको छ ।
यस्तो सम्बन्धलाई सामाजिक–सांस्कृतिक तथा आध्यात्मिक विश्वास प्रणालीको सम्बन्धको आधारबाट पनि जिकीर गर्न सकिन्छ । एन्नेमिष्ट–सामानिजमको विकास साईबेरियामा करिव ३० हजार बर्ष पहिले भएको हो भन्ने अनुमान रहेको छ । तिव्वति बोन एन्नेमिष्ट–सामानिजम, साईबेरियाका विभिन्न आदिवासी (कोरयाक, मन्चु तुङगु, चुक्ची, युकागिर आदी) मा रहेको एन्नेमिष्ट–सामानिजम, चिन, कोरिया, मन्चुरिया, जापनान, कोरिया, मंगोलिया हुदै दक्षिण पुर्व एशिया, उत्तर पुर्व भारत, अरुणाचल, आसाम र नेपालका लिम्बु, राई, सुनुवार, याख्खा लगायतमा रहेको एन्नेमिष्ट–सामानिजमको जिवन्त अभ्यासले पनि यी मानव समुहहरुको सम्बन्धलाई जोड्ने काम गर्दछ । यो एन्नेमिष्ट–सामानिजमले खस मानव समुहलाई पनि जोड्दछ । खस मानव समुहमा सामानिजमको अभ्यास रहेको छ । प्राचिन सुमेरियनहरुमा पनि यो सामानिजम अभ्यास थियो भन्ने कथन रहेको छ । उत्तर अमेरिका (युएस) का नेटिभ अमेरिकन, दक्षिण अमेरिकाका नेटिभ अमेरिकन, क्यानाडा, अलास्का लगायतका नेटिभहरुमा यो एन्नेमिष्ट–सामानिजम अभ्यासमा रहेको छ ।
यसैसंग जोडिएको अर्को आध्यात्मिक कथाकोरुपमा रहेको पृथ्वी सृष्ट्रिको कथाले पनि एन्नेमिष्ट–सामानिजम विश्वास प्रणालीका मानव समुहलाई जोड्दछ । साईबेरियाका एन्नेमिष्ट–सामानिजम विश्वास प्रणालीका आदिवासीहरु देखि लिएर मन्चुरिया, मंगोलिया, चिन, तिव्वत, पुर्वी एशिया, उत्तर पुर्व भारत, नेपाल लगायतमा रहेका एन्नेमिष्ट–सामानिजम विश्वास प्रणाली अभ्यास गरिरहेका आदिवासीहरुको पृथ्वी सृष्ट्रिको कथा लगभग उस्तै उस्तै छ । त्यस भित्र लिम्बु मानव समुह त एउटा सानो अंश मात्र हो ।
भाषा र मानव समुह
भाषा भनेको कुरा निरन्तर एउटै रहि रहन्न । भाषाले मानव समुह निर्धारण गर्ने भन्दा पनि मानव समुहले भाषा निर्धारण गर्दछ । भाषाहरु विभिन्न कारणले गर्दा लोप हुन्छन् । सिन्धुघाटी सभ्यताका मानिसहरुले बोल्ने भाषा अहिले कुन हो भन्ने टुंगो लगाउन सकेको अवस्था छैन । उनीहरुले प्रयोग गरेको लिपी कुन हो भनेर डिकोड गर्न सकिएको अवस्था छैन । त्यसैगरि, भुमध्यसागरिय क्षेत्रका सुमेरियन, मोआवाईट लगायतका भाषाहरु पनि लोप भए । प्राचिन चिनीया भाषा पनि अहिले अस्तित्वमा छैन । त्यसको ठाउ मेन्डरिनले लिईसकेको छ । संसारका ७ वटा सबैभन्दा पुराना भाषाहरु अहिले बोलिन्न । संसारमा भाषा सम्बन्धमा यस्ता घट्नाहरु प्रशस्त छन् । अस्तित्व र प्रचलनमा भएका भाषाहरु क्रमश रुपान्तरण भएर पहिलेको रुप र अवस्थामा नपाउन सकिन्छ । जस्तै सुमेरियन भाषालाई अक्काडियन भाषाले बिस्थापन गर्योे या अक्काडियनमा बिलय (Merge) गरायो । भुमध्यसागरिय क्षेत्रको सेमेटिक भाषा भनेको किरात भाषा या साईनो/तिव्वतियन भाषा भने जस्तो ठुलो भाषीक परिवार हो । त्यस अन्तर्गत दशौ भाषाहरु पर्दछन् । फरक फरक भाषा भए पनि ति सबैलाई सेमेटिक भाषा बोल्ने मानिसहरु भनेर भन्ने गरिन्छ । नेपालमा नै खस भनिएको नेपाली भाषाको रुट जुम्ला/ जुम्ली अर्थात पश्चिममा खसहरुले बोल्ने भाषा हो । तर अहिले त्यो रुपान्तरण भएर पुर्वेली र पश्चिमेली नेपाली भाषाकोरुपमा रहेको छ । पश्चिममा बोलिने खस भाषा जुम्ली, डोट्याली, कालीकोटी आदी नेपालको बाकी अन्य भागमा बस्नेहरुले बुझ्दैनन् ।
हामी किरात होईनौ भन्ने कतिपयले किरातले के भाषा बोल्दथे र कुन लिपी प्रयोग गर्दथे भनेर प्रश्न गर्ने गर्दछन् । लिच्छवीपुर्व किरातकालमा नेपाल खाल्डोमा प्रयोग भएको भाषा र आज किरात समुह भनिएका मानव समुहका भाषामा देखिएको आधारभुत समानताले त्यसबेलाको समयमा किरातहरुले बोल्ने भाषाको रुप बद्लिएर आजको लिम्बु, सुनुवार, याख्खा, नेवा (नेपाल भाषा) र राईहरुका विभिन्न समुहले बोल्ने भाषा भएकै होईनन् भन्ने ठाउ छैन ।
लामो समयको अन्तरालमा भाषाहरुको रुप रुपान्तरण भएर अर्कोरुपमा परिवर्तन हुन्छन् । हामी किरात होईनौ भन्ने कतिपयले किरातले के भाषा बोल्दथे र कुन लिपी प्रयोग गर्दथे भनेर प्रश्न गर्ने गर्दछन् । लिच्छवीपुर्व किरातकालमा नेपाल खाल्डोमा प्रयोग भएको भाषा र आज किरात समुह भनिएका मानव समुहका भाषामा देखिएको आधारभुत समानताले त्यसबेलाको समयमा किरातहरुले बोल्ने भाषाको रुप बद्लिएर आजको लिम्बु, सुनुवार, याख्खा, नेवा (नेपाल भाषा) र राईहरुका विभिन्न समुहले बोल्ने भाषा भएकै होईनन् भन्ने ठाउ छैन । त्यसमा पनि किरातकालमा नेपाल खाल्डो भित्र प्रयोग गरिएका ठाउ, गाउ, बस्तु, बाटो, भूमी, खेत, सरकारी कार्यालय, डाडा आदी जो लिच्छवीकालका ३०० भन्दा बढी अभिलेखमा परेका छन् तिनीहरु अधिकांश लिम्बु भाषामा अर्थ लाग्ने र लिम्बु भाषासंग नजिक रहेका छन् । लिच्छवीकालीन अभिलेखमा आएका ति विभिन्न शव्दहरु अरु भाषामा अर्थ नलागी किन लिम्बु भाषासंग नजिक र लिम्बु भाषामा अर्थ लागेको हो त्यसको जबाफ पनि हुनु पर्दछ । किरातकालमा किरातहरुको आफ्नै भाषा भएकोले संस्कृत भाषालाई अपनाएनन तर लिपी प्रयोग गरेको नदेखिएकोले किरातहरुको लिपी थिएन भन्ने निश्कर्ष निस्कन्छ ।
आध्यात्मिक दर्शन, कथन र वैज्ञानिकता
आध्यात्मिक दर्शन भनेको वैज्ञानिक ज्ञानको अभावमा निर्माण भएका विश्वास र व्याख्याहरु हुन । समाजमा रहेको विभिन्न पक्षहरुमा वैज्ञानिक ज्ञानको अभावमा आध्यात्मिक कथनहरु बन्छन् र ति कथनहरुले आध्यात्मिक दर्शन निर्माण गर्नमा काम गर्दछन् । जमिन मुनीबाट निस्कने मिथेन ग्यास हावासंग प्रतिकृया भई आगो बल्दछ । यो वैज्ञानिक तथ्यलाई थाहा नपाउदा यसरी एकान्त ठाउमा बलेको आगोलाई राके भुत भनेर कथ्य तयार गरिन्छ र त्यसलाई आध्यात्मिक विश्वासको आधारमा व्याख्या गर्ने दर्शन निर्माण गरिन्छ । यसैले, आध्यात्मिक दर्शन तथा विश्वासमा रहेका सबै कुराहरु सत्य हुदैनन् । तिनलाई नै एक मात्र सत्य मानियो भने हाम्रा निश्कर्षहरु ठिक नहुने मात्र होईन हामी हिड्ने बाटोलाई दिग्भ्रमीत पनि बनाउछ । एउटा कुरा के बुझ्न आवश्यक छ भने आध्यात्म र धर्म, आध्यात्मीक दर्शन र धार्मीक दर्शन फरक कुरा हुन । धर्म बन्न धार्मीक दर्शन, अनुशासन, विश्वास, मुल्य र मान्यता हुन जरुरी छ र तिनको संगठित हिसावले सामुहिक /समुहमा अनुशरण गरिएको हुन्छ । यो कठोर (Rigid) हुन्छ । यसले त्यस भन्दा बाहीर जान दिदैन । आध्यात्मीक कुरा भनेको सामाजिक/सांस्कृतिक तथा आध्यात्मीक विश्वास हो र विश्वास प्रणाली मात्र हो । यो कठोर (Rigid) हुदैन ।